जनमुक्ति स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोट सम्पन्न

Read Time:2 Minute, 9 Second

बिनोद रखाली मगर

जेठ २४, स्याङ्जा – संघिय जनमुक्ति पार्टी स्याङ्जाले आसन्न जेष्ठ २९ , २९ र ३० गते काठमाडौंमा सम्पन्न हुन गैरहेको पाचौं महाधिवेशनका लागी प्रतिनिधि तथा पर्यवक्षक छनोट गरेको छ ।

  संघिय जनमुक्ति पार्टी स्याङ्जाका अध्यक्ष वम लामीछाने मगरको अध्यक्षतामा वसेको वैठकले १२ जना प्रतिनिधि र २ जना पर्यवक्षक छनोट गरेको हो । प्रतिनिधिमा जिल्ला पदाधिकारी अन्तरगत जिल्ला अध्यक्ष वम लामिछाने मगर , सचिव कृष्णमाया राना मगर , कोषाध्यक्ष केशरी राना मगर , संगठन सचिव एक थापा मगर , इन्र्चाज ईश्वर राना मगर , क्षेत्र न. १ देखि सु. खोल वहादुर भुजेल , क्षेत्र न. २ देखि लोक वहादुर जर्घा मगर , क्षेत्र न. ३ देखि भिम वहादुर राना मगर , पुतलिवजार नगरपालिका देखि तारा राना मगर , वालिङ् नगरपालिका देखि दुर्गा राना मगर , चापाकोट नगरपालिका देखि मुसहाङ् झेडी मगर , भिरकोट नगरपालिका देखि नरु गुरुङ् छनोट भएका छन् ।

यता पर्यवक्षक तर्फ तुलकुमारी राना मगर र लेक वहादुर थापा मगर चयन भएका छन् । मुलुकभरका ५८ जिल्ला देखि १२०० प्रतिनिधि र पर्यवक्षक सहभागी रहने महाधिवेशनको उद्धघाटन जेष्ठ २८ गते सघिंय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष , पूर्व मन्त्रि एम् एस् थापा मगरले गर्ने संघिय जनमुक्ति पार्टीले जनाएको छ ।

उद्धघाटन समारोह काठमाडौंको खुलामन्चमा हुने संघिय जनमुक्ति पार्टी स्याङ्जाका अध्यक्ष वम लामिछाने मगरले जनाए  ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %