रुपन्देहीले ४३ औ विश्व वातावरण दिवस मनायो

Read Time:3 Minute, 30 Second

गोविन्द घर्ती मगर

 जेठ, २३ – रुपन्देहीको देवदहमा बोटविरुवा गोडमेल तथा झाडी सरसफाई गरी ४३ औ विश्व वातावरण दिवस मनाईएको छ । वृक्षारोपण गरिएको बोटविरुवाको संरक्षण गर्दे विश्व वातावरण दिवसको मनाईएको हो । गाउ वन समन्वय सञ्जाल देवदहको आयोजना र प्रगति सामुदायिक वन उपभोक्ता समुहको व्यवस्थापनमा हाम्रो जिवजन्तु वातावरण र वन संरक्षण गरौं लगाई सम्पूर्ण मन र धन भन्ने मुल नाराका साथ प्रगति सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र भित्र रहेको खण्ड ८ घोडाहामा लगाएको वृक्षारोपणमा बोटविरुवा गोडमेल तथा झाडी सरसफाई गरी विश्व वातावरण दिवस मनाईएको हो । विश्व वातावरण दिवसको अवसरमा सञ्जालद्धारा आयोजित विरुवा गोडमे

ल तथा मलजल कार्यक्रममा बोल्ने वक्ताहरुले वातावरण जोगाउन सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले वनको संरक्षण र सम्वद्र्धन गर्न सके वातावरण जोगाउन सकिनेमा जोड दिएका थिए । उनीहरुले वातावरण संरक्षण गर्न नसकिए मानव जीवनमा असर गर्ने हुदा त्यस तर्फ सवै सचेत र सजग हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले प्रदुषित रहीत समाज निर्माण गर्न गरी वातावरण संरक्षण गर्नुपर्ने बताएका थिए । उनीहरुले जल, जमिन र वन जंगलको संरक्षण र सम्वद्र्धनले मात्र वातावरण जोगाउन सकिनेमा जोड दिएका थिए ।

सञ्जालका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, ईलाका वन कार्यालय भलुहीको सहायक वन अधिकृत राजन खड्का, रिम्स नेपालका ममिता पुन, प्रगति सामुदायिक वनका दिल्लीराज पन्थ, महामाया सामुदायिक वनका कमला न्यौपाने, पत्रकार गोविन्द घर्ती, नेपाल अविनास सामाजिक सेवा संस्थाका खडकबहादुर विक, तराई दलित राष्ट्रपति चुरे संरक्षणका टेकराज ज्ञवालीले लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

त्यसैगरी नेकासका कुलबहादुर दर्लामी, नेपाली काग्रेसका दामोदर क्षेत्री, एमालेका खैराज शर्मा, नेकपा माओवादी केन्द्रका रमेश काप्mले, नेकपा क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका माधव रिमाल लगायतले बोल्नु भएको थियो । सञ्जालका उपाध्यक्ष तेजबहादुर कुवरको स्वागत र वसन्त दहालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %