केहर सिं थापा मगर
काठमाण्डौं,जेठ २२ सरकारका प्रवक्ता एवं सुचना तथा संचार मन्त्री सेरधन राईलाई खपाङगीका धर्मपत्नी विध्या खपाङगीले उनकै कार्य कक्षमै गएर भेटेका छन् । गोरेबहादुर खपाङगी लाई उपचारमा आर्थिक कठिनाई परेकोले विध्या खपाङगीले मन्त्री राई लाई भेट्न पुगेका हुन् ।
प्रति महिना लगभग ६० हजार रुपैया लाग्ने र हरेक २ महिनामा हस्पिटल लगी भर्ना गर्दा कम्तिमा २ लाख खर्च हुने भएकोले उक्त रकम जम्मा गर्न असमर्थ छु , विध्याले भनिन् । उनले थपिन अरु पूर्व मन्त्री सरह सरकारले खपाङगीलाई पनि दीर्घकालिन उपचारमा सहयोग गरिदिन अनुरोध गरिन् ।
उनि संग गोरेबहादुर खपाङगी फाउन्डेसनका अध्यक्ष हुमबहादुर थापा मगर,उपाध्यक्ष रुद्र गुर्मछान मगर,सहकोषाध्यक्ष गंगा आले मगर,कानुनी सल्लाहकार मोहन शाह संखर र सदस्य चन्द्रबहादुर थापा मगर पनि गएका थिए ।
