केरवानी उच्च मावि भवन शिलान्यास

Read Time:2 Minute, 14 Second

गोबिन्द घर्ती

जेठ २१ । केरवानी उच्च माध्यमिक विद्यालयमा ३ कोठे भवनको शिलान्यास गरिएको छ । रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले एक कार्यक्रमका वीच भवनको शिलान्यस गरेको हो । करिव ४५ लाखको लागतमा निर्माण हुने उक्त भवन निर्मााणको लागि शिक्षा विभागको ९ लाख ५० हजार र वाकी विद्यालयको आन्तरिक श्रोतबाट सम्पन्न गर्ने विद्यालयले जनाएको छ ।
३ कोठे भवनको भदाै सम्ममा निर्माण कार्य सम्पन्न गरिने विद्यालयले जनाएको छ । भवनको शिलान्यास गर्दै जिल्ला शिक्षा अधिकारी थापाले घोषित शिक्षा नीति कार्यान्वयनको लागि सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिए । गुणस्तर शिक्षाको लागि शिक्षा सुदृढिकरण आवश्यक रहेकोमा जोड दिदै प्रविधि युक्त शिक्षा प्रदान गर्न विद्यालय अग्रसर हुनु पर्ने बताउदै थापाले समय अनुसार शिक्षा पद्दति छ की छैन भन्ने कुरा शिक्षकहरुले अध्ययन गर्नुपर्नेमा जोड दिएका थिए ।
अधिकारी थापाले वालवालिकालाई विद्यालयको पहुचमा पु¥याउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षा प्रेमीहरु सचेत र सजग हुनु पर्नेमा जोड दिए । अधिकारी थापाले १०–४ को चिन्तनले मात्र विद्यालय चल्न नसक्ने बताउए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमराज पुरीको अध्यक्षता र प्रार्चाय मित्रलाल न्यौपानेको संचालनमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, अभिभावकहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %