स्थानिय उपभोक्ता समिति खारेज गरी सरकारलाई बुझाउन माग
देब पचभैया
पाल्पा, जेठ २१-झण्डै दुई हप्ता पछि त्यो पनि एक घण्टा मात्रै धारामा पानी आएको भन्दै तानसेन बासी आन्दोलित बनेका छन् । उनीहरुले शुक्रबार दिउसो रित्ता गाग्री र पानी थाप्ने भाडा लिएर बजार परिक्रममा गरेका छन् ।
अधिकांश महिला सहभागी सो बिरोध र्यालीमा टोल बिकास संस्था र युवाहरुको सहभागीता थियो । उपभोक्ता समिति चाहीदैन, खानेपानीको जिम्मा सरकारलाई देउ जस्ता नारा लगाउदै उनीहरुले सरकार बाट ५ बर्ष अघि जिम्वेवारी लिएपनि समितिले समस्या घटाउनुको साटो झन् बढाएको आरोप लगाएका छन् ।
सरकारले संचालन गर्दा भन्दा उपभोक्ता समितिले जिम्मेवारी लिदा महशुल बढाएपनि समस्याको समाधान नभएको, धारा बितरण र पानीको बाडफाडका एकरुपता नभएको उनीहरुको आरोप छ ।
बिरोध र्याली पछि भएको कोणसभामा बोल्दै आन्दोलनका अगुवा मिन बहादुर केसी, सुर्य बोहोरा, राजेन्द्र मुनि शाक्य लगाएतका बक्हतारुले खानेपानी समस्या समाधानका लागी हस्ताक्षर अभियान संचालन गरी प्रधानमन्त्री समक्ष पठाएको, जिल्लाका राजनैतिक दलहरु संग छलफल गरेको र आगामी दिनमा आम हड्ताल र आमरन अनसन बस्ने जनाएका छन् ।
दैनिक २५ लाख बढी पानीको खपत हुने तानसेनमा अहिले दैनिक ५ लाख लिटर मात्रै पानीको आपुर्ती भैरहेकाले समस्या भएको तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यले जानकारी दिए ।
बिजुली बाट तानेर तानसेनमा खानेपानी ल्याउनु पर्ने र अहिले पानीका मुहान सुक्दै गएकाले पनि समस्या थपिएको शाक्यको भनाई छ । ५ बर्ष अघि देखि जिल्लामा रहेका राजनैतिक दलका नेताहरुले भागबन्दा गरी खानेपानी उपभोक्ता समिति निर्माण गरी सरकारबाट संचालित खानेपानीको जिम्मेवारी लिएका थिए ।
