नेपाल मगर संघ शाखा कतार सहानियां एरिया समितिको पुनर्गठन

Read Time:2 Minute, 40 Second

बिजय कुमार मगर

दोहा कता-नेपाल मगर संघ शाखा कतार साहानिया एरिया समितिले २७ मे २०१६ शुक्रबारका दिन पदम थापामगरको सभापतित्व तथा कुल बहादुर लुंगेलीमगरको सञ्चालनमा केन्द्रिय समितिका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरको प्रमुख आतिथ्यमा, केन्द्रिय सदस्य हिम बहादुर थापामगरको बिशेष आतिथ्यमा बसेको बैठकले नेपाल मगर संघ, शाखा कतार साहानिया एरिया समितिको ९ सदस्यिय समितिको पुनर्गठन गरेको छ ।

उक्त नव गठित समितिमा पदम थापामगर (पाल्पा)को अध्यक्षतामा ९ सदस्यिय समितिको गठन गरेको हो । जस मध्य उपाध्यक्षमा नरेन्द्र ल्हायो मगर (सिन्धुली), सचिवमा कुल बहादुर लुंगेलीमगर (खोटाङ), सहसचिवमा श्याम वहादुर थापा मगर, कोषाध्यक्षमा याम वहादुर थापा मगर र सदस्यहरुमा खुम वहादुर सारुमगर (पाल्पा), गम वहादुर खाम्चा मगर (पाल्पा) रहेका छन । अरू बाकि रिक्त पदमा आगामी बैठकमा पूर्ति गरिने भएको छ ।

कार्यक्रमको औपचारिकता संगै शुरु भएको उक्त कार्यक्रममा मन्तब्यको क्रममा बक्ताहरुले मगर र मगर संघको बारेमा चर्चा गदै साहनिया एरिया समिति शुरुवात देखी नै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ठ कार्यहरु गर्ने आशा ब्यक्त गर्दै शुभकामना दिएका थिए ।

कार्यक्रमकै शिलशिलामा प्रमुख अतिथी तथा प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरले संघको स्थापनाकाल देखिकोे गरेको कार्यहरु संस्थाले बिश्वमा संगठित मगर संस्थाहरु संग गरेको सहकार्यका अवस्था, मार्च १ तारिख २०१५ देखि लागू हुने गरी नेपाल मगर संघ, केन्द्रिय कार्यालय काठमाण्डाैवाट बैदेशिक शाखाको मान्यता पाएको र अझ कतारको मगर संघलाई जिम्मेवार थपिएको वारेमा जानकारी दिएका थिए । अन्तमा कार्यक्रमका सभापतिले धन्यवाद सहित कार्यक्रमको अन्त्य गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %