संविधानमा न्यायपालिका स्वतन्त्र रहने

Read Time:1 Minute, 59 Second

काठमाडौँ, २६ फागुन

नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन संवैधानिक समितिद्वारा गठित उपसमितिको आजको बैठकमा भावी संविधानमा उल्लेख गरिने न्यायप्रणालीका विषयमा छलफल भयो ।

स्वतन्त्र न्यायपालिका रहने विषयमा सहमति भएको र संवैधानिक अदालत र सर्वाेच्च अदालतको व्यवस्था कस्तो गर्ने र ती अदालतका क्षेत्राधिकार कस्तो रहने भन्ने विषयमा भने छलफल जारी रहेको उपसमितिका सदस्य डा प्रकाशचन्द्र लोहनीले जानकारी दिए  ।

उनका अनुसार ती अदालतका क्षेत्राधिकार एवम् विधायिकाले नै संविधानको अन्तिम व्याख्या गर्ने कि अदालतले गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

आफैंले कानुन बनाउने, आफैं अन्तिम व्याख्याता हुन नहुने र न्यायपालिका नै संविधानको व्याख्याता हुनुपर्ने पनि तर्क समितिको बैठकमा उठेको नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीलाई जानकारी दिए  ।

उनले भने ‘ आजको बैठकमा स्वतन्त्र न्यायपालिका रहनुपर्ने विषयमा भने सहमति भयो । ’ भावी संविधानमा कस्तो न्यायपालिकाको व्यवस्था भन्ने विषयमा भोलिको बैठकले सहमति जुटाउने संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले विश्वास व्यक्त गरे  । बैठक भोलि पनि बस्नेछ ।

सभापति आचार्यका अनुसार अब चारवटा विषयगत समितिका प्रतिवेदनमा रहेका विवादित विषयको समाधान खोज्न बाँकी रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %