फागुन २५
देशमा तिन ठुला दलका दम्भका कारण नया सविधान नबनेको राष्टिय जनमुक्ति पार्टीका अध्यक्ष एम एस थापाले बताएकाछन् । राष्टिय जनमुक्ति पार्टीे चौथो राष्टिय महाधिवेशनको उद्घाटन गर्दै उक्त कुरा बताएकाहुन् । त्यसै कारण अहिले सम्म सविधानको प्रमुख मुद्दामा प्रवेश गर्न नसकेको र राज्य पुनःसरचना र सघीयता सम्वन्धी कुनै पनि निर्णय नभएको उनको भनाई थियो । नवलपरासीको कावासोतीमा भएको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि थापाले संविधान तोकिएको समयमा नबने देश ठूलो दुर्घटनामा फस्ने र त्यसको भागीदार ठूला राजनीतिक दलहरु हुनु पर्ने बताए । अध्यक्ष थापाले जनमुक्ति पार्टीले २० बर्षदेखि चलाएको आन्दोलनकै कारण अहिलेको संविधान सभाको निर्वाचनमा ठूला दलहरु समानुपातिक निर्वाचन प्रणालीमा गएको र राज्यका विभिन्न निकायमा समानुपातिक प्रतिनिधित्व हुन थालेको उल्लेख गदै यसलाई आफ्नो पार्टीको वैचारिक र नैतिक विजय भएको दावी पनि गरे ।
पार्टीका सह अध्यक्ष गोरे बहादुर खपागीले अहिले पनि एकल जातीय सत्ताबाद रहेको र यसको अन्त्यका लागि राष्टिय जनमुक्ति पार्टी सरकारमा गएपछि मात्र समाधान हुने बताए । उनले अवको ५ वर्षमा जनमुक्ति पार्टीको हातमा सत्ता आउने दावी गरे ।
राष्टिय जनमुक्ति पार्टीका सहअध्यक्ष श्रवण कुमार लिम्वुको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा राष्टिय जनशक्ति पार्टीका महामन्त्री केसर बहादुर विष्ट, जनअधिकार फोरम नेपालका कैलास यादव, एकिकृत माओवादीका किसन शर्मा, समाजवादी जनता पार्टीका हिक्मत देउवा, राष्टिय जनमोर्चाका डम्वर पुरी, नेकपा एकिकृतका दाचाराम वाग्ले, नेकपा एकिकृतका कृष्ण मोक्तान, नेकपा मालेका मनशोभा पाण्डे, पार्टीका सह अध्ययक्ष शंकर लाल चौधरी लगायतले बोल्दै राष्टिय जनमुक्ति पार्टीले लिएको सिद्धान्त अहिले सबै पार्टीको समेत सिद्धान्त भएको हुदा यसलाई आत्मसात गर्दै जानु पर्ने बताएकाथिए ।
महाधिवेशन हुनु पूर्व नवलपरासीको डण्डा बजार देखि हजारौको सख्यामा न्याली निस्केको थियो । कबिर ४० हजार संख्यामा आएका प्रतिनिधिहरुको र्यालीका कारण र महेन्द्र राजमार्ग करिब डेढ घण्टा जाम भएकोथियो ।
महाधिवेशनमा नेपालका ६० जिल्लाका प्रतिनिधि तथा पयैवेक्षकहरुको सहभागिता रहेको छ । महाधिवेशनको उद्घाटन सभामा जनमुक्ति पार्टीलाई काठमाडौ महानगर पालिकाभित्र ४० लाख वरावरको आर्थिक सहयोग गर्ने हरि शंकर थापा मगरलाई सम्मान गरिएको थियो ।तीन दिनसम्म चल्ने महाधिवेशनको बन्द शत्रमा नेपालका ५६ जिल्ला र युके, जापान र हंङकङबाट गरी ५५० जना प्रतिनिधि र दुई सय पर्यक्षकहरु सहभागी हुने पार्टीका उपमहासचिव केशव सूर्यवंशीले बताए । महाधिवेशनले जनमुक्ति विचारधारा समेत पारित गर्ने संयोजक लिम्बुले बताए । आयोजकका अनुसार यो महाधिवेशनले पार्टीलाई एकल नेतृत्वबाट सामुहिक नेतृत्वमा लैजाने र केन्द्रिय समितिका ठाउंमा ६५ सदस्य संघीय परिषद बनाउने छ ।
महाधिवेशन फागुन २८ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुस्
गोविन्द घर्ती नवलपरासी र देव पचभैया पाल्पाबाट