आदिबासी जनजातिहरुको अधिकारको अवस्था वारे अन्तरक्रिया कार्यक्रम सम्पन्न हुने

Read Time:2 Minute, 14 Second

राज्यसत्ता व्यूरो

 जेठ,१३-नेपाल मगर संघ जिल्ला समिति काठमान्डूले तपशिलमा उल्लेख भए अनुसार मिति, समय र स्थानमा “नेपालको संबिधान २०७२ मा मगर तथा आदिबासी जनजातिहरुको अधिकारको अवस्था” बिषयको १ दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकोले उक्त कार्यक्रम  हुने हार्दिक अनुरोध गर्दछौं ।

अन्तरक्रिया कार्यक्रम को रुपरेखा 

– २ जना अधिबक्ता हरु बाट बर्तमान संबिधान मा हाम्रो अधिकारको अवश्था को बारेमा कार्यपत्र प्रश्तुत हुनेछ 

– राजनीतिक पार्टी का नेताहरुबाट (Magar Wings का)   उक्त संबिधान बारे आफ्नो संगठनको पोजिसन प्रश्तुत हुनेछ 

– नेपाल मगर संघ केन्द्रीय समितिबाट उक्त संबिधान बारे संघको पोजिसन प्रश्तुत हुनेछ

– उपस्थित सहभागीहरुबाट आ-आफ्नो धारणा प्रश्तुत हुनेछ 

– सबै जना एक निष्कर्ष मा पुगिनेछ र चियापान पछि बिदा हुनेछौं 

– अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण proceedings  संघको बार्षिक मुखपत्र ‘मिमिक’ मा प्रकाशन गरिनेछ 

 

 

मिति : २०७३ जेठ १५ शनिबार 

स्थान : नेपाल आर्ट काउन्सिल, बबरमहल काठमान्डू 

समय : दिनको १२:३० बजे देखि 

आयोजक : नेपाल मगर संघ, काठमान्डू

 

हाम्रो फेसबुक magar  sangh  kathmandu  मा पनि सूचना पोस्ट गरिएको छ । उक्त सुचना लाइ पनि प्रकाशन / प्रशारण गर्ने ब्यबश्था मिलाइदिनु भएमा थप आभारी हुनेछौं  । सहयोगको लागि धन्यबाद ।

 

भवदीय, 

चन्द्र बहादुर श्रीस मगर 

सचिव, नेपाल मगर संघ, जी.स. काठमान्डू 

तथा अन्तरक्रिया कार्यक्रम संयोजक

फोन : ९८४१२३९३९२

फेसबुक : chandra bahadur shree

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %