नेपाल तामाङ घेदुङ इजरायलको दोश्रो अधिवेशन सम्पन्न

Read Time:6 Minute, 15 Second

माया मगर

 मे,२५-नेपाल तामाङ घेदुङ ,इजरायलको ऐतिहासिक दोश्रो अधिवेशन २० मे  २०१६ (शुक्रबार)का दिन तेलअविवमा सम्पन भएको छ । अधिवेशन द्वारा २७ जनाको  नव कार्यसमिति गठन भएको छ । अध्यक्षमा कल्पना मोक्तान तामाङ निर्बिरोध निर्वाचित हुनु भएको छ ।

यसै गरी अन्य पदहरुमा क्रमशस्वरिष्ठ  उपाध्यक्ष – दिप्मा  तामाङ ,प्रथम उपाध्यक्ष(नानीमाया योन्जन तामाङ,द्धितीय उपाध्यक्ष(अनिता तामाङ,तृतीय उपाध्यक्ष(छिरिङ् डोल्मा तामाङ,महासचिव –शरिन ख्युङ्बा तामाङ,सचिव –सिता घिसिङ तामाङ,सचिव – सुकु स्याङ्बो तामाङ , कोषाध्यक्ष(विमला मोक्तान तामाङ,सह(कोषाध्यक्ष(रोजी मोक्तान तामाङ,कार्यकारिणी सदस्यहरुमा लाक्पा तामाङ,फानु तामाङ,सरस्वती (सारा) तामाङ,दिनेश मोक्तान तामाङ, पेमा लामा पाख्रिन,माला योन्जन तामाङ ,उतम तितुङ् तामाङ,एलिजा दोङ तामाङ, छत्र गोले तामाङ,अनिता स्याङ्तन तामाङ,पवित्र तामाङ,हिरामाया लामा तामाङ, सोनी योन्जन तामाङ,चित्रकुमारी तामाङ,पुस्कल घिसिङ तामाङ,धन कुमारी तामाङ र संखमाया तामाङ निर्वाचित भएका छन् ।

यसै गरी संस्थालाईअघि बढाउनको लागि कार्य जिम्मेवारी सहित विभागीय प्रमुख र उपप्रमुखहरु समेत चयन गरेको छ । जस अनुसार महिला विभाग प्रमुख (फानु तामाङ,उप(प्रमुख –माला योन्जन तामाङ ,सांस्कृतिक विभाग प्रमुख –सरस्वती (सारा) तामाङ, उप(प्रमुख – पेमा लामा पाख्रिन तामाङ र यूवा विभाग प्रमुख – दिनेश मोक्तान तामाङ ,उप(प्रमुख(उतम तितुङ् तामाङलाई चयन गरेको  छ ।

संस्थाको अध्यक्ष बी बी लामा तामाङको सभापतित्वमा भएको अधिवेशनमा प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ,इजरायलका महासचिव निर्मला गुरुङ , बिशेष अतिथिहरुमा संस्थाका प्रमुख संरक्षक सुन्दर सिंह लामा तामाङ,संरक्षक चन्द्रमाया बम्जन तामाङ ,प्रमुख सल्लाहकार उर्मिला पाख्रिन तामाङ र अतिथिहरुमा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,संस्थाका सल्लाहकारहरु र अनलाइन मिडियाका प्रतिनिधिहरु रहेका थिए ।

अधिवेशनमा सहभागी सबै जनालाई स्वागत गर्दै संस्थाका सहअध्यक्ष कल्पना मोक्तान  तामाङले स्वागत मन्तव्य राखेकी थिईन् भने  प्रमुख अतिथि निर्मला गुरुङ , बिशेष अतिथिहरु संरक्षक सुन्दर सिंह लामा तामाङ,संरक्षक चन्द्रमाया बम्जन तामाङ ,प्रमुख सल्लाहकार उर्मिला पाख्रिन तामाङ ,अतिथि शेर्पा संघ इजरायलका अध्यक्ष दावा छिरिङ शेर्पा , नेवा खल इजरायलका सल्लाहकार नरेश श्रेष्ठ,ह्योल्मो समाज इजरायलका सल्लाहकार फुर्वा ह्योल्मो ,नेपाली  आदिवासी जनजाती महासंघ इजरायलका कोषध्यक्ष शरिन ख्युङबा तामाङ लगायतले दोश्रो अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । यसै गरी नेपाल तामाङ घेदुङ केन्द्रबाट दोश्रो  अधिवेशन सफलताको लागि पठाउनु भएको शुभकामना संदेश संस्थाका उपमहासचिव एवं घेदुङका केन्द्रिय सदस्य लक्ष्मी योन्जन तामाङले वाचन गरी सुनाएकी थिईन् । कार्यसमितिका जिम्मेवारी पद रहेर कर्तव्य पुरा गरेका  पदाधिकारीहरु र सल्लाहकारलाई प्रशंशा पत्र ,कदर पत्र र सम्मान पत्र द्वारा सम्मानित गरेका थिए ।

संस्थाको संगठनिक प्रतिवेदन महासचिव दिप्मा तामाङ र  आर्थिक प्रतिवेदन कोषाध्यक्ष नानीमाया योन्जन तामाङले प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष तथा दोश्रो अधिवेशनका सभापति  बी बी लामा तामाङले आफ्नो कार्यकालमा सहयोग पुर्याउनु भएका कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु लगायत देशविदेशबाट सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव हरुलाई धन्यवाद व्यक्त गर्नु हुँदै नवनिर्वाचित कार्यसमितिलाई आफुले सक्ने सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

पाँच सदस्यीय निर्वाचन समिति समक्ष कुनै पनि पदको लागि  दोहोरो उम्मेदार नपरेकोले सम्पूर्ण पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका थिए । नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक सुन्दर सिंह लामा तामाङले तामाङ भाषामा सपथ (ग्रान)खुवाउनु भएको थियो ।माया घले मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %