गाउ वन समन्वय सञ्जाल देवदहको बैठक देवदहको भलुहीमा सम्पन्न

Read Time:1 Minute, 16 Second

गोविन्द घर्ती मगर

जेठ, ११ -गाउ वन समन्वय सञ्जाल देवदहको बैठक देवदहको भलुहीमा सम्पन्न भएको छ । बैठकले विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । सिमाना निरक्षण तथा अतिक्रमण नियन्त्रण, सुरक्षा निकाय संग समन्वय, वन डढेलो सञ्जाल निर्माण, हाजिरी जवाफ प्रतियोगिता, चुरे दिवस भव्य रुपले मनाउने निर्णय गरेको सञ्जालले जनाएको छ । त्यसैगरी वन क्षेत्रमा गरेको कामको सार्वजनिक सुनुवाई गर्ने निर्णय गरेको सञ्जालका सचिव चमकान्त गौडेलले बताउनु भयो ।

बैठकले सञ्जालमा आवद्ध सामुदायिक वनहरुमा ७ सदस्यीय महिला उपसमिति गठन गरी सञ्जाललाई जानकारी दिनु पर्ने निर्णय गरेको छ । सञ्जालका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षता, सचिव चमकान्त गौडेलको संचालनमा भएको बैठकमा पदाधिकारी, सदस्य तथा सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %