गोविन्द घर्ती मगर
जेठ, ११-बुद्ध पव्लिक आवासीय उच्च माध्यमिक विद्यालयमा उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको कक्षा ८, ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण दिईएको विद्यालयले जनाएको छ । विद्यालयका प्रार्चाय कृषप्रसाद गैरेको अध्यक्षतामा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद भूषालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेडक्रस देवदहका उपसभापति कृष्णप्रसाद न्यौपाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो । तालिमको सहजीकरण डिआर पराजुलीले गर्नु भएको विद्यालयले जनाएको छ । अतिरिक्त क्रियाकलाप संयोजक नारायण भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
