गोविन्द घर्ती मगर
जेठ, ११ – जिल्ला सहकारी संघ रुपन्देही क्षेत्रीय सञ्जाल क्षेत्र नं १ को भेला देवदहमा सम्पन्न भएको छ । भेलाले प्रकाश अर्यालको संयोजकत्वमा ९ सदस्यीय क्षेत्रीय सञ्जाल गठन गरेको छ । जसको सहसंयोजकमा ऋषिराम सापकोटा, सचिवमा जयकिशन अधिकारी र सदस्यहरुमा खुमप्रसाद भण्डारी, लक्ष्मी थापा, जागेशवर पंगेनी, राजकुमार क्षेत्री, पवित्रा रिमाल, विष्णु प्रसाद वस्याल रहनु भएको छ ।
भेलालमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीहरुलाई एकतावद्ध गराउनको लागि क्षेत्रीय सञ्जाल गठन गरेको बताउनु भयो । उहाले सम्पूर्ण सहकारीहरु एक जुट भएमात्र सहकारीका समस्याहरु समाधान गर्न सकिनेमा जोड दिनु भयो । सहकारीहरु एक आपसमा सहकार्य गर्दै जानु पर्ने बताउदै सहकारीहरु नीतिगत रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । सहकारी संघ रुपन्देहीमा अहिले २ सय ५० सहकारीहरु आवद्ध भएको तुलाचनले बताउनु भयो ।
जिल्ला सहकारी संघका सदस्य प्रकाश अर्यालको अध्यक्षता, नरेश पाण्डेको संचालन र राधा थापा पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला सहकारी संघका सचिव तुल्सीनाथ पौडेलले भेलाको औचित्यका वारेमा प्रकाश पार्नु भएको थियो भने कोलिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको थियो । जेठ ११ । सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी गर्नु पर्ने रुपन्देहीको सिक्टहन–६, प्रगतिनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले सहकारीको माध्यमबाट आर्थिक विकास संगै समाज परिवर्तन गर्न सकिनेमा जोड दिएका थिए ।
कोलिय बचत तथा ऋण सहकारीद्धारा सिक्टहन–६, प्रगतिनगरमा आयोजित प्रगति बचत कोष समायोजन तथा बाचत संकलन केन्द्रको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले एउटै प्रकृतिका सहकारी वीच समायोजन गर्न आवश्यक रहेको औल्याएका थिए । सो अवसरमा प्रगति बचत कोष कोलिय बचत तथा ऋण सहकारी संस्थामा समायोजन भएको घोषणा गरिएको थियो । सो अवसरमा कोलिय बचत तथा ऋण सहकारीका शेयर सदस्य सिक्टहन–६, प्रगतिनगर निवासी हुमबहादुर पुनको दुघर्टनामा मृत्यु भएकोमा विमा वापतको एक लाख रुपैयाको चेक पुनका श्रीमति मुनीसरा पुनलाई जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनले हस्तान्तरण गर्नु भएको थियो ।
सिक्टहनका शेयर सदस्यहरुलाई मध्येनजर गर्दै प्रगतिनगरमा बचत संकलन केन्द्रको समेत उद्घाटन गरिएको छ । यो संगै कोलियको संकलन केन्द्र ३ वटा भएको छ । कोलिय बचत तथा ऋण सहकारीका संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन, सदस्य प्रकाश अर्याल, संस्थाका शिक्षा सल्लाहकार जयकिशन अधिकारी, प्रगति बचत कोषका अध्यक्ष दुर्गाप्रसाद पाण्डे लगायतले आ–आफना भनाई राख्नु भएको थियो । संस्थाका उपाध्यक्ष भिमप्रसाद गुरुङ्गको स्वागत र व्यवस्थापक विनोद पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरी कोलिय बचत तथा ऋण सहकारी संस्थाले राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका शेयर सदस्य देवदह–१, राजावारी निवासी विन्दु कवरका ससुरा वुवा रेवन्त कुवरको १२ औं दिनको पुण्यतिथिको अवसरमा उक्त राहत वितरण गरेको हो । जिल्ला सहकारी संघका सदस्य एवं सल्लाहकार संयोजक प्रकाश अर्यालले शेयर सदस्य कवरलाई क्रियाखर्च वापत ५ हजार र समवेदना पत्र हस्तान्तरण गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष एवं सामाजिक क्रियाकलाप संयोजक भिमप्रसाद गुरुङ्गको अध्यक्षता, व्यवस्थापक विनोद पराजुलीको संचालनमा भएको कार्यक्रममा सुवकान्त न्यौपाने, जागेश्वर पंगेनी, डिल्लीराज सापकोटा, राजु रेग्मी लगायतको सहभागिता रहेको थियो ।
