गल्याङ् वहुमुखी क्याम्पसमा वोल्ने कला सुरु

Read Time:3 Minute, 15 Second

विनोद रखाली मगर

 गल्याङ् ,जेष्ठ ४-युवा विद्यार्थीहरुको नेतृत्व शैली र वोल्ने कलाको विकाश गर्ने उद्धेश्यले नेपाल विद्यार्थी संघ गल्याङ् वहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा ३ दिने उद्धघोषण तथा नेतृत्व विकाश तालिम सुरु भएको छ । तालिमको उद्धघाटन गर्दै नेपाल विद्यार्थी संघ केन्द्रीय समितिका सदस्य , महाधिवेशन प्रतिनिधि युवा नेता गुरु प्रसाद भट्टराईले उद्धघोषण पनि एक कला रहेकाले वोल्ने कलाको सिकाई आजको आवश्यक्ता रहेको वताए ।

उनले सवै प्रशिक्षार्थीलाई आत्मविश्वासको विकाश गरी व्यवहारीक प्रयोग गर्न आग्रह गरे । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिका अध्यक्ष अजित क्षेत्रीले जिल्ला भरीका विद्यार्थीहरुलाई नेतृत्व शैली र उद्धघोषणकला प्रशिक्षण कार्य तिव्र रुपमा अगाडी वढाइने जनाए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गदै नेपाली काङ्ग्रेसका नेतृ खगिसरा भण्डारी, तरुण दल स्याङ्जाका जिल्ला सचिव चन्द्र राना मगर , नेपाल विद्यार्थी संघ क्षेत्र न. १ का सभापति विज्ञान भण्डारी, क्षेत्र न. २ का सभापति विश्वास लम्साल , क्षेत्र न. ३ का सभापति धनराज पौडेल , प्रमुख प्रशिक्षक , युवा सन्चारकर्मी विनोद रखाली मगर , जनप्रिय वहुमखी क्याम्पस पोखराका सभापति प्रविण पौडेल , नेपाल विद्यार्थी संघ जिल्ला कोषाध्यक्ष ध्रुव पङ्गेनी , लगाएतले इच्छा शक्तिको प्रयोग गर्दै तालिमलाई व्यवहारीक रुपमा प्रयोग गर्न आग्रह गरेका थिए ।

तालिम अवधिभर युवा सन्चारकर्मी विनोद रखाली र पत्रकार टिकाराम अधिकारीले सहजीकरण गर्ने आयोजकले जनाएको छ । करिव ६० जनाको सहभागीता रहेको उक्त तालिम उद्धघाटन समारोह, नेपाल विद्यार्थी संघ गल्याङ् वहुमखी क्याम्पसका कार्यवाहक सभापति प्रेम नारायण रेग्मीको स्वागत सङ्गै सुरु भै सचिव पार्वती पाण्डेको सन्चालन र क्याम्पस सभापति विष्णु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।   जेष्ठ ४ गते देखि सुरु भएको उक्त कार्यक्रम जेष्ठ ६ गते समापन गर्ने नेपाल विद्यार्थी संघ गल्याङ् वहमुखी क्याम्पसले जनाएको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %