नेपाल ह्योल्मो समाज सेवा संघ कास्की अध्यक्षमा क्या पूर्ण बहादुर ह्योल्मो

Read Time:3 Minute, 13 Second

रूद्र श्रीसमगर

पोखरा, १ जेठ

नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीको पाँचौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः क्या पूर्ण बहादुर ह्योल्मो चयन भएका छन । शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षहरूमा तेज बहादुर ह्योल्मो, होम बहादुर ह्योल्मो, झलक बहादुर ह्योल्मो, सचिवमा दिल बहादुर ह्योल्मो, सह सचिवद्वयमा पूर्ण ह्योल्मो र रीता देवी ह्योल्मो एवं कोषाध्यक्षमा सूर्य बहादुर ह्योल्मो चयन भएका छन ।

त्यसैगरी, सदस्यहरूमा हेम बहादुर ह्योल्मो, भीम बहादुर ह्योल्मो, रोशन ह्योल्मो, विकास ह्योल्मो, मैना ह्योल्मो, डम्बर ह्योल्मो, शान्ति ह्योल्मो, सीता ह्योल्मो, हिरा ह्योल्मो, सुमित्रा ह्योल्मो र प्रवीण ह्योल्मो तीन वर्षे कार्यकालका लागि चयन भएको हाे ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल ह्योल्मो समाज सेवा संघका केन्द्रीय अध्यक्ष सुरज ह्योल्मोले गत वर्ष वैशाखमा गएको महाविनाशकारी भूकम्पले ह्योल्मो समुदायको थातथलो तहसनहस बनाएकोमा चिन्ता व्यक्त गरेका थिए । ह्योल्मो समुदायको भाषा, धर्म र संस्कृतिको रक्षाका लागि सम्पूर्ण ह्योल्मोहरू एक भएर लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष ह्योल्मोले मातृभाषाको व्यवहारिक प्रयोगको आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल ह्योल्मो समाज सेवा संघका केन्द्रीय सल्लाहकार एवं नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, सिन्धुपाल्चोकका अध्यक्ष टासी ह्योल्मो, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका उपाध्यक्ष एवं नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर रानामगर, नेपाल ह्योल्मो समाज सेवा संघका केन्द्रीय कोषाध्यक्ष डोल्मा कुमारी ह्योल्मो, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्र बहादुर श्रीसमगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अध्यक्ष क्या पूर्ण बहादुर ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव पूर्ण ह्योल्मो र उपाध्यक्ष तेज बहादुर ह्योल्मो स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %