जनमुक्ति पार्टीको महाधिवेशन कावासोतीमा सुरु

नवलपरासी (गैँडाकोट), २५ फागुन

जनमुक्ति पार्टीको चौथो राष्ट्रिय महाधिवेशन बुधबारदेखि नवलपरासीको कावासोतीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवम् सभासद् मालवीरसिंह थापाले गर्नुभयो । चार दिनसम्म चल्ने महाधिवेशनबाट पार्टी एकल नेतृत्वबाट सामूहिक नेतृत्वमा जानेछ ।

पार्टीलाई समावेशी बनाउन हरेक इकाइ समितिमा ३३ प्रतिशत महिला राख्नेगरी विधान संशोधन गरिने पार्टीका लुम्बिनी अञ्चल संयोजक कर्णबहादुर सुनारीले जानकारी दिए  ।

महाधिवेशनमा ५६ जिल्लाका ८०० प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %