मगर आउ, मगरात बचाउ : अध्यक्ष रोका मगर

Read Time:4 Minute, 18 Second

केहर सिँ थापा मगर

काठमाण्डौ, वैषाख २५–नेपाल मगर संघ पाल्पा–काठमाण्डौं सम्पर्क समितिको वृहत वनभोज कार्यक्रम काठमाण्डौ वाइस धारा पार्कमा सम्पन्न भयो ।

प्रमुख अतिथि रोका मगरले मगरात लाई मर्न दिदैनौ भन्दै पाल्पा र रोल्पाका मगरहरु एउटै जुवामा नारिएर मगरातको आन्दोलन लाई अगाडि बढाउदै सफल बनाउने उद्धघोष गरे । संसारभरका मगरहरुलाई अनुरोध गर्दै मगर आउ मगरात बचाउ भन्दै आह्वाहन गरेका थिए । उनले भने अब मगरातको सवालमा कुनै सम्झौता हुदैन, मगरलाई मगर राज्य होइन मगरात प्रदेश चाहिएको छ । मगरात क्षेत्र भित्र विभेदमा परेका वाहुन देखि वादी, मगर देखी माझी सम्म लाई संविधान र सिंहदरवार सवैको साझा बन्नु पर्दछ । वाहुननेताहरुले आफ्नो स्वार्थको लागि गांउ गांउमा गएर बत्ती बालेर मगर खोजिन्छन् र स्वार्थ पुरा गरेपछि मगरलाई कुल्चेर फ्याकेको कारण आन्दोलित हुन परेको रोका मगरले वताए ।

शुभकामना दिदै वम कुमारी बुढा मगरले भनिन् आइ.एल.ओ. १६९ अनुसार आदिवासी जनजातिले  जल, जमिन र जंगल खोजे पनि अहिले जमिनमा पाति उमारेर आफूहरु शहर पसेर जमिनका कुरा गर्नु भन्दा गाउंमै फर्केर समय अनुकूलको खेतीपाती फलफूल लगाउन  सुझाए ।

कार्यक्रममा सभापति ईन्द्र झेडि मगरको अध्यक्षतामा उपाध्यक्ष थान बहादुर कुवरको स्वागत र सचिव पुरन थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए । नेपाल मगर संघका नवनिर्वाचित अध्यक्ष नविन रोका मगरको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । पाल्पा क्षेत्र नं.२ का व्यास्थापिकाका सांसद तुलसा राना मगर, पूर्व प्रहरी महानिरीक्षक कुवेर सिंह राना मगर, नेपाल मगर संघका नवनिर्वाचित संगठन सचिव जगत रेस्मी मगर, नेपाल मगर संघका पूर्व केन्द्रिय उपाध्यक्ष बम कुमारी बुढा मगर विशेष अतिथि थिए ।

अतिथिहरुमा नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर पचभैया थापा मगर, सुरेन्द्र राना मगर, यम बहादुर झेडी मगर, पूर्व अध्यक्ष छविलाल चिडी मगर, पुरन राना मगर, सुरेन्द्र थापा मगर, नेपाल मगर संघका केन्द्रिय सदस्य समिर थापा मगर लगायत गुल्मी, अर्घाखाची, स्याङजा जिल्ला सम्पर्क समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको  उपस्थिति रहेको थियो ।



कार्यक्रममा प्रतिथि रोका मगरले समाजको क्यालेण्डर विमोचन गरेका थिए । नव निर्वाचित अध्यक्ष रोका मगरलाई र जगत रेश्मीलाई  समितिका अध्यक्ष इन्द्र झेडि मगरले स्वागत गर्दै पुष्प गुच्छाले सम्मान गरेका थिए । कार्यक्रममा अतिथि कलाकार जुना श्रीस मगर र देवी घर्ती मगर साथै पाल्पा – काठमाण्डौं सम्पर्क समितिका कलाकारले भरपूर्ण मनोरञ्जन दिलाएका थिए ।

 

सम्पर्क समिति पाल्पा २०६१ सालमा स्थापना भएको थियो, जस्को पहिलो अध्यक्ष छविलाल चिडि मगर थिए भने दोस्रोमा पुरन राना मगर थिए । गत महिनाको तेस्रो अधिवेशनले इन्द्र बहादुर झेडी मगर लाइ अध्यक्ष चुनेको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %