बिजय हितान
आजकाल बेलायत साहित्यको उर्बरा भुमी बनेको छ । रंगीबिरंगी श्रीजनाका बिरुवा मौलाउनका पछाडि अवस्य नै स्वच्छ बातावरणको खाँचो पर्दछ नै । अनुकुल बातावरणको परीणाम होला बर्षमा थुप्रै कबिता, गीत, कथा, एलबम, गजल, मुक्तक संग्रह उम्रिरहेका हुन्छन । याँहा सप्तरंगी भावनाका चिल्ला पातले झ्वाम्म परेका कृति उमार्ने महिलाहरुको पनि कमी छैन ।
२०१५ को अन्त्यतिर केही महिनाको फरक पारेर श्रीजनाका बिरुवा भरल्तै पलाए-सुमाया राइको ‘अब्यक्त अभिब्याक्ती’ र ‘छाम सुनाखरी’ करिश्मा घमको ‘गुनासो’ र ‘मुटुु’ । त्यसैगरि जानु काम्बाङ लिङ्देलको ‘अनुभव’ र ‘शिबिरमा इश्वर’ ।
यसको लगत्तै केन्टमा ‘अर्थ आवर’ पारेर एक बातावरणिय साहित्य गोष्टी आयोजना गर्यौं । विश्व नेपाली साहित्य महासंघ र केन्ट कलमको सयुन्क्त आयोजनामा । हाम्रो निम्तालाई स्विकारेर जानु काम्बाङ लिङ्देल कार्यक्रममा आउने भईन । त्यती टाढा अक्स्फोर्डबाट । हामी नाताले हङ्कङेली हौं । आइडी मा लामो समय हङकङ बिताएर बेलायत पसेका । बेल्पालीका दुइचार वटा कार्यक्रममा हामी ठोक्किसकेका थियौ । जानुले ‘दाई म पनि कृति निकाल्ने वाला छुुुु’ भनेको अस्तिजस्तै लाग्छ । हिंज जस्तो त हुलाकिले ‘शिबिरमा इश्वर’ ख्वात्त घरमा झारिदियो । ब्यस्तताले कृति बिमोचनमा भने सहभागि हुन सकेको थिइन ।
त्यती टाढाबाट कार्यक्रममा आउने चेलीलाई गुन लगाउँछु भनेर उनको कृतिमा समिक्षात्मक टिप्पणी गरिदिने वाचा गरें । अनी त ‘शिबिरमा इश्वर’लाई चिरफार गर्न लागेँ ।
प्रबासमा रहने कबिले गाउँघरलाई सम्झेर कबिता नलेखेको बिरलै हुन्छन । गाउँघरसङ्गै उसको बाल्यकला पनी जोडीएको हुन्छ, अनी देश छोड्नुको पिडा पनि । जानुको यस कृतिमा पनि यस्ता नोस्टलजिया पाईन्छन नै । उनी एक सामाजिक प्राणी र परिवार सम्हालेर जिएकी कवी परीन । त्यसैले समाजको चिन्ता र परिवारको कथा उनका कबिताले नपोख्ने त कुरै भएन । उपरोक्त बिषयहरु समाबेश हुनु टिपिकल डायस्पोरिक साहित्य हो भनेपनी हुन्छ ।
तर मलाई अरुभन्दा पनि जानुका कबितामा लुकेका अर्कै बिशेषताले ध्यान आकर्सित गरायो । ति थिए बातावरणिय समस्या र प्राकितिक सौन्दर्यताका बिम्बहरुको प्रयोग । बातावरणिय साहित्यमा कलम चलाऊन रुचाउने म, उनका कबितामा इको राइटिङको गन्ध पाएपछी झनै घोत्लिएर पढन थाले । ५३ वोटा कबिता समेटिएको कृतिमा एक दर्जन जती कबितामा पर्याबरणिय रङ पोतिएका छन । बादल उड्छ, मन सुसाउँदा, शिरमाथि मृत्यु, झरेको पात, सप्तकोशिको कथा, आकाश ठुस्किएपछी इत्यादी शिर्षकका कबिताहरु केही यस्ता उदाहरण हुन ।
सिंगाे आकाश अँटाए झैं
आफ्नो आँचलभित्र भाइभाइ अटाए हुन्थ्यो नि
घनघोर बर्षा गराएर बगाए हुन्थ्यो
अहम, लोभ, लालच र इर्श्या
बिनाश रोकेर बिकासको दिप बाले हुन्थ्यो
यसरी उनी ‘बादल उड्छ’ शिर्षकमा आकाश र बादल जस्ता बातावरणिय बिम्ब प्रयोग गरेर मिलेर जुटेर बस्नु भन्ने एक सन्देश मुलक कबिता पस्किएकी छिन ।
‘मन सुसाउँदा’ कबितामा मायालुसँग बिछोड हुनुको पिडा यसरी पोखेकी छिन-
खोला सुसाएको साँझ
मैले सम्झिरहें तिमीलाई
अनी उही खोलाको किनारमा
सँगै बसेर धेरै पहिले गरेका बाचा
‘शिरमाथि मृत्युु’ शिर्षकले यीको राइटिङका ‘पात’, ‘बाढी’ जस्ता शब्द सम्योजन गर्दै गत बर्ष भुकम्पले सखाप पारेको गाउ बस्तिहरुको करुण कथा सुनाएकी छिन ।
नझरेर चुपचाप उभिदिए हुन्थ्यो नि
रुख पातहरु डाँडामाथि नै
नबगाएर चुपचाप छडिदिए हुन्थ्यो नि
बाढी पहिरोले गाउँ बस्तिहरु
‘झरेको पात’ शिर्षक कबितामा प्रकृतिको सुन्दरतामा ह्रास आएको चित्रण पाईन्छ । तलको एक स्लोकमा पात झरेपछी बटुवाले किल्चन्छन र अस्तित्वहिन बनाउँछन भनी पर्याबरणीय ह्रास मानिसको दोष हो भन्ने सङ्केत पाईन्छ ।
म एउटा झरिजाने पात
नझरुन्जेल रमाउँछु
बसन्त ऋतुको साथ
गाउँछु म साउनको गीत
नाच्छु बताससँग
त्यसरी नै ‘आकाश ठुस्किएपछी’ शिर्षककाे तलका केही स्लोकले पनि बातावरणिय क्षयको कुन्ठा ब्याक्त गरेको देखिन्छ ।
बुढी प्रकृती अब
कहिले तरुनी हुने भनी
बिलौना गाउँदैछ
सम्झेर न्याउली चरी एक्लै बनी
भनिन्छ यस सुन्दर पृथ्वी र प्रकृतीलाई इश्वरले रचेका हुन । पृथ्वीको बातावरण मानिसको अतिक्रमणले प्रदुसित र प्रकृती बुढी हुँदै गएकोछ । माथिका ति कबिता पढदै जाँदा जानुले इश्वरलाई शिबिरमा उभ्याएर पृथ्वीको बातावरण जोगाउन न्याए माग्दैछिन जस्तो भान हुन्छ ।
तर ‘भिखारी इश्वर’, ‘बार्पाकको कथा’ र अन्य अरु कबिता पढिसकेपछी लाग्छ कृतिको शिर्षकले अर्कै कुरा इङ्कित गरेको छ । भुइँचालोले बिचरा धेरै नेपालीलाई अस्थाइ सिबिरहरुमा बसालेपछी उनले ‘हे इश्वर ! यो त न्यास संगत भएन नि !, भनी इश्वरलाई यस धरतिमा झारेर अनुनय बिनय गर्न खोजेको देखिन्छ । उनलाई कबिता कोर्ने बेला भुइचालोको बेदना मुटुमा फालि जस्तै गाडीएर आएको हुनपर्छ ।
भुइचालोलाई बिषयबस्तु बनाएर कतिले कथा लेखे कतिले गीत गाए । कसैले फिल्म बनाएर पर्दामा देखाए त कसैले आफ्नै हातले राहत बितरण गरे । कयौंले भत्केका र ढलेका दृश्य क्यामरामा क्याप्चर गरे त कयौंले क्यानभासमा रङ्हरु पोते । जानुले पनि अन्य साहित्यकारले झै भुइचालोको ब्याथा कलमको साथले यि कबिताहरुमा पोखेकी छिन ।
तर मलाई समग्रमा लाग्यो उनको कृतिले भुइचालोले पुरेको कथा मात्रै बोलेको छैन, पर्याबरणिय साहित्यको रङ पनि पोतेको छ ।
मार्च १९ तारिख बातावरण साहित्य गोस्टिको दिन । उनी उपस्थित भइन कार्यक्रममा । मैले ‘बातावरणिय साहित्य र यसको महत्व’ शिर्षकमा एक कार्यपत्र पेश गरेँ । त्यसपछी उनको कृतिको इको पक्षमा केन्द्रित रहेर समिक्षा गरिदिएँ । यतिधेरै कबिताहरुमा बातावरणिय फ्लेभर पाइएको थाहा पाएर उनी नतमस्तक परीन ।
मैले उनलाई भने- समालोचकको दृष्टिकोण आआफ्नै हुन्छन ।
मलाई लाग्यो- जानुका ति कबिताहरु बातावरणिय इस्सुले सचेत भएर भन्दा पनि स्वःस्फुर्थ ढंगले जन्मेका हुन ।
मेरो चाहना- जानु जस्तै अन्य धेरै बातावरणिय साहित्यकार जन्मुन ता कि अलिकती भएनी नेपाली समुदायमा जलबायु परिवर्तन र बातावरण सम्रक्षण प्रती जागरण आउन सकोस ।
२०७३ बैशाख १२ – प्रथम महाभुकम्प बार्षिकि