जनमुक्ति महाधिवेशनको भब्य तयारी यस्तोछ

Read Time:4 Minute, 23 Second

राष्ट्रिय जनमुक्ति पार्टीको  चौथो महाअधिवेशनको सम्पूर्ण तैयारी पुरा भएको महाधिवेशन सचिवालय प्रमुख तथा पार्टीका उपमहासचिव केशव सूर्यवंशीमगरले बताए । भोलि भब्य सभालाई पार्टीका अध्यक्ष तथा सभासद एम एस थापामगरले  १२.३० बजे उद्घाटन गर्देछन्  । जापानका समाजशास्त्री डा माकितो मीनामी कार्यक्रम स्थलमा आईपुगिसकेको जानकारी प्राप्त भएको छ । साथमा जापानका प्रतिनिधिहरु पनि छन् । अधिवेशनमा संविधानसभामा भएका २८ दलका प्रतिनिधिहरुलाई आमन्त्रित गरिएको छ भने ५६ जिल्ला र विदेशमा रहेका जापान, हङ्कङ्, यूके बाट गरी ५५० जना प्रतिनिधि २५० जना परिवेक्षक सहभागी हुने भएका छन । भोलि नवलपरासीको डंडाबजारबाट विहान ११ बजे शुरु हुने र्यालीमा ३० देखि ४० हजार जनसहभागिता हुने भएका छन ।  उद्धघाटन समयमा ३५० र बन्दशत्रमा १५० प्रशिक्षित स्वयसेवक परिचालन गर्ने भएको छ ।
पार्टीले २२ गते चितवन र २३ गते कावासोतीमा पत्रकार सम्मेलन गरी चौथो महाअधिवेशन बारे जानकारी दिईसकेको छ । पार्टीले अधिवेशन सफलताको साथ सम्पन्न गर्न ७५ लाख बजेट लाग्ने बताएको आर्थिक संयोजक तथा केन्द्रिय कोषाध्यक्ष यम बहादुर बुढाथोकीमगरले जानकारी दिएका थिए । संचारमाध्यमले पनि पुर्ण सहयोग गरी रहेको सचिवालय प्रमुखले बताए । त्यसको साथै प्रहरी प्रशासनले पनि सहयोग गरेको बताए जसमा भोली र्याली हाईवे को ४९३ किलोमिटरमा हुने भएको हुदा प्रशासनले हाईवे जाम नहोस भनी हाईवेको २ किलोमिटर वरपर बाट वाईपासको व्यवस्था मिलाएको जानकारी प्राप्त भएको छ । पार्टीले अधिवेशनको प्रचारप्रसारको लागी २३ गते पार्टीका युवा मोर्चाको आयोजनामा बुटवलबाट चितवनसम्म २३ गते ६०१ मोटरसाईकलको रयाली गरिसकेको छ ।
यसपटक पार्टीले नयाँ कार्यनिति सहित २० वर्ष देखि चलिआएको एकल नेतृत्व प्रणालीलाई अन्त गरी सामूहिक नेतृत्व प्रणाली र संघीय ढाँचामा लैजाने निर्णय गर्ने भएको छ । साथै पाँच वर्ष भित्र पार्टीलाई निर्णायक शक्तिमा पुरयाउने यस अधिवेशनले नयाँ निति पारित गर्नेछ । उपमहासचिव केशव सूर्यवंशीको भनाईमा केन्द्रिय नेतृत्व तहमा यस महाअधिवेशनबाट ३३ प्रतिशत महिला अनिवार्य गराउने भएको छ । तेस्रो विधान संसोधनको लागी १५ बुँदे प्रस्ताव प्रस्तुत गर्ने पनि जानकारी प्राप्त भएको छ । हाल सम्म कसैले पनि आधिकारिक उम्मेदवारी घोषणा नगरेको जानकारी प्राप्त भएको छ ।
सूर्यवंशीका अनुसार, यसपटकको महाधिवेशन दुई किसिमले महत्वपूर्ण छ । पहिलो, यस महाधिवेशनले जनमुक्तिले नेपालमा पहिलोचोटी भित्रयाएको संघीयता, आरक्षण, समानुपातिक प्रतिनिधित्व जस्ता मागलाई जनमुक्ति बिचारधाराको रुपमा लैजान खोज्दैछ । दोश्रो नेतृत्वमा दमदार नेतृत्व चयन गर्नेछ । जातीय राजनीति बढिरहेको सन्दर्भमा सबैभन्दा पुरानो र ठूलो जनमुक्ति पार्टीले महाधिवेशन लगत्तै निर्वाचित नयाँ समितिले छरिएर रहेका जातीय दलहरुलाई एकजुट बनाएर लैजाने पनि विश्वास गरिएकोछ ।

कावासोतीबाट सूर्य सारु मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %