प्रताप राना
तनहु बैशाख ,२३- नेपाल मगर पत्रकार संघ तनहुँ शाखालाई मगर संघ युकेका अध्यक्ष नेम बहादुर थापा मगरले आर्थिक सहयोग प्रदान गर्नुभएको छ । मगर पत्रकार संघलाई जीवन्त राख्नका लागि मगर संघ युकेका अध्यक्ष थापा मगरले नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।
तनहुँ केशवटार गाविस २ नयाँ गाउँमा जन्मेका अध्यक्ष थापा मगरले भेटघाट तथा मगर समुदायमा मगर पत्रकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा नेपाल मगर पत्रकार संघ तनहुँ शाखाका अध्यक्ष भुमिका आलेलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । रकम हस्तान्तरण गर्नुृहुर्दै अध्यक्ष थापा मगरले मगर पत्रकार संघ तनहुँ शाखालाई सन्चालन गर्न तथा मगर पत्रकारहरुलाई संगठिन गर्नका लागि आर्थिक सहयोग गरेको बताउनुभयो ।
सोही अवसरमा अध्यक्ष थापा मगरले मगर पत्रकारले मगर समुदायको कला, संस्कृति, सामाजिक, आर्थिक बिषयका समाचार सम्प्रेषण गर्नका लागि आग्रह गर्नुभएको थियो । मगर पत्रकार संघ तनहुँ शाखाका अध्यक्ष आलेले सो रकम सही ठाउँमा सदुपयोग गरी मगर पत्रकारितामा खर्च गरिने प्रतिबद्धता व्यक्त गर्नुहुर्दै मगर संघ युकेका अध्यक्ष थापा मगरलाई धन्यवाद दिनुभयो ।
