समुदाय परिबर्तनका लागी मगर पत्रकारको आवश्यकता

Read Time:3 Minute, 22 Second

प्रताप राना

 तनहु बैशाख, २३- मगर समुदायको कला, संस्कृति, सामाजिक र आर्थिक क्षेत्रमा मगर पत्रकारको भुमिका महत्वपूर्ण हुनुपर्नेमा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । नेपाल मगर पत्रकार संघ तनहुँ शाखाको आयोजनामा भेटघाट तथा मगर समुदायमा मगर पत्रकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन

।अन्तरक्रिया कार्यक्रममा स्थानीय विकास अधिकारी उदयबहादुर रानामगले मगर समुदायलाई सचेत बनाउनका लागि मगर पत्रकारहरुको भुमिका महोत्वपूर्ण रहेको बताउनुभयो ।

मगर पत्रकार संघ तनहुँ शाखा अध्यक्ष भुमिका आलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकमा मगर संघ युकेका अध्यक्ष नेम बहादुर थापामगरले मगर समुदायका व्यक्तिलाई योग्य र सक्षम बनाउनका लागि मगर पत्रकारहरुको ठूलो भुमिका रहने भएकाले मगर पत्रकार अझ संशक्त रुपमा संगठित हुन आबश्यक रहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल मगर संघ तनहुँका कोषाध्यक्ष बहादुर सिं थापा , मगर महिला संघका अध्यक्ष काशी राना ,  मगर संघ व्यास नगर समितिका उपाध्यक्ष लिल बहादुर थापा , पुर्व अध्यक्ष तील बहादुर राना , मगर गुठ समितिका अध्यक्ष नर बहादुर खुलाल , मगर समाज सुधार समितिका अध्यक्ष पूर्ण बहादुर थापा , तनहुँ मगर समाजका प्रतिनिधि भोज बहादुर थापा , मगर विद्यार्थी संघ गण्डकी अञ्चलका समितिका सचिव सिजन थापा मगर, सदस्य प्रेम बहादुर थापा मगर, मगर विद्यार्थी संघ तनहुँका कोषाध्यक्ष विकास थापामगर लगायतले मगर समुदायमा मगर पत्रकारहरुको भुमिका महोत्वपूर्ण रहेको बताउनुभएको थियो ।

सोही अवसरमा तनहुँका स्थानीय विकास अधिकारी नेपाल सरकारका सह सचिव उदय बहादुर रानामगर र मगर संघ युकेका अध्यक्ष नेम बहादुर थापामगर दमौलीमा सम्मानित हुनुभएको छ ।

नेपाल मगर पत्रकार संघ तनहुँ शाखाका अध्यक्ष भुमिका आलेले नेपाल सरकारका सह सचिव राना मगर र युकेका अध्यक्ष थापा मगरलाई फेदा तथा सम्मान पत्रले सम्मान गर्नुभएको थियो  । तनहुँमा स्थानीय विकास अधिकारीको रुपमा कार्यरत  रानामगर र तनहुँ जिल्ला केशवटार २ नयाँ गाउँमा जन्मेका हाल युके मगर संघको अध्यक्ष भई तनहुँ जिल्लाको गौरव बढाउनुभएकोमा सम्मान गरेको मगर पत्रकार संघ तनहुँ शाखाले जनाएको छ ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %