गोरुसिंगे (कपिलवस्तु), २४ फागुन
इलाका प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुले सोमवार अत्याधुनिक हतियार सहित एक एमाओवादी कार्यकर्ता लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयनगर गाबिसवार्ड नं ७ बस्ने विश्व भनिने सजहार पाखिया (घुन्तु) रहेका छन् । प्रहरीले विगत दुई दिनमा जवाभारीका युवराज लम्साललाई पनि हतियार सहित पक्राउ गरेको थियो । पक्राउ परेका पाखिया एनेकपा माओवादीका जिल्ला सदस्य हुन ।
कपिलवस्तुमा विभिन्न आपराधिक समूहको नाममा चन्दा आतंक, हत्याहिंसा, लुटपाट बढिरहेका बेला प्रहरीले आफ्नो सकृयता बढाए लगतै आपराधिक समूह पक्राउ पर्न लागेको प्रहरी कार्यलयले जनाएको छ । हाल उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा राखिएको छ ।