गोबिन्द घर्ती
राज्य सत्तामा पहुच नपुग्दा सम्म दलितहरुको मुक्ति असंभव रहेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले देशमा लोकतन्त्र गणतन्त्र स्थापना भईसक्दा पनि दलितहरु माथि विभेद कायम रहेको बताएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यको हरेक आन्दोलनमा दलितहरुको अहम भूमिका भएपनि राज्यले दलितहरुलाई वेवास्ता गर्ने गरेको गुनासो गरेका थिए । नेपाल राािष्ट्रय दलित मुक्ति मोर्चाको प्रथम देवदह नगर स्तरीय सम्मेलनमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सोही अवसरमा बोल्दै एकिकृत नेकपा माओवादीका जिल्ला ईन्चार्ज माधव शर्माले समाजमा रहेका समपूर्ण विभेद हटाउन माओवादीले जनयुद्ध शुरु गरेको बताए ।
पार्टीका केन्द्रिय सदस्य समेत रहेका नेता शर्माले समावेशी, समानुपातिक र संविधानमा सवैको अधिकार स्थापित भएकोले यसको कार्यान्वयनमा लाग्न आग्रह गरे । शर्माले दलितहरुलाई सम्मानजनक अधिकार स्थापित गर्न पार्टी लागिपरेको बताए । शर्माले संविधान कार्यान्वयन गर्न सम्पूर्ण राजनैतिक दलहरु मिल्नुको कुनै विकल्प नभएको बताए । मोर्चाका संयोजक गणेश कुमार खातीको अध्यक्षतामा भएको कार्यक्रममा मोर्चाका केन्द्रिय गोविन्द ठड्राई, गंगाराम विक, एकिकृत माओवादी देवदहका ईन्चार्ज मोतीलाल ढकाल, सहईन्चार्ज टिका गौतम, योङ्ग कम्यूनिष्ट लिगका जिल्ला उपाध्यक्ष हिरा बहादुर थापा, अखिल क्रान्तिकारी महिला संघका क्षेत्रीय सचिव सुमित्रा वाह्रघरे, नेकपा क्रान्तिकारी माओवादीका हर्ष बहादुर विश्वकर्मा लगायतले बोल्दै दलितहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा आरक्षणको व्यवस्था हुनु पर्नेमा जोड दिएका थिए ।
कृष्ण विश्वकर्माको स्वागत र गणेश विकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सम्मेलनले गंगाराम विकको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा गणेश कुमार खाती, सचिवमा गणेश विक, कोषाध्यक्षमा सन्तोषी परियार, सहसचिवमा हिरा बहादुर गोतामे रहका छन । अन्य सदस्यहरुमा कृष्ण बहादुर विक, भिम बहादुर विक, सोम बहादुर धमेल, मिना नेपाली, जय बहादुर परियार, वावुराम खाती, खेम बहादुर विक, अमर बहादुर विक, सुरज रोका, सुकमाया विक, टिका परियार, हर्ष बहादुर सुनार, खुम बहादुर नेपाली रहेका छन ।
