मगर भाषामा पढाई हुने बिद्यालयलाई आर्थिक सहयोग

Read Time:4 Minute, 34 Second

डोल बहादुर बिक

पाल्पा, बैशाख १८

दक्षिण कोरीयामा रहेका पाल्पाली मगरहरुले मगर भाषा संरक्षणको लागि पाल्पाको चिदिपानीमा रहेको नव जागृती प्राथमिक विद्यालयलाई एक लाख रुपैया सहयोग गरेका छन् । शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना दक्षिण कोरीयामा रहेका पाल्पाली मगरहरुले मगर भाषामा अध्ययन गरिदै आएको नव जागृती प्राथमिक विद्यालयलाई मगर भाषा संरक्षण तथा शैक्षिक विकासका लागि एक लाख रुपैयाको अक्षयकोष निर्माणका लागी एक लाख प्रदान गरेका हुन् ।
सहयोग रकम प्रदान गर्दै पाल्पाली मगर दक्षिण कोरीया तथा नमस्ते पाल्पा दक्षिण कोरीयाका प्रमुख चेतन सारुले दक्षिण कोरीयामा रहेका पाल्पालीहरुले संगठन बनाएर नेपालमा आपत विपतमा परेका, मृगौला रोगी, क्यान्सर रोगीहरुलाई सहयोग गर्नुृका साथै सामाजिक विकासका कार्यहरुमा समेत सहयोग गर्दै आएको जानकारी दिए ।
सारुले मगर भाषाको विकासको लागि मगर भाषा बढाई हुने अन्य विद्यालयमा पनि संस्थाले सहयोग गर्ने बताए । पाल्पाको विकासका लागि पाल्पालाई नमुना जिल्ला बनाउन संस्थाले नयाँ योजना ल्याएको र बुटवल पाल्पा, पाल्पा रिडि र राम्दी सम्मको बाटोमा सवारी दुर्घटना न्युनिकरणका लागी घुम्टीहरुमा लुकिङ्ग ग्लास राख्ने तयारी भएको जानकारी दिए ।

शिक्षिका मना थापाले खस भाषा नबुझेका कारण विद्यालय नआउने बालबालिकाहरु अचेल विद्यालय नियमित नहुने जानकारी दिइन । आफ्नै मातृ भाषामा शिक्षण क्रियाकलाप हुने भएपछि कक्षामा आइपर्ने समस्या शिक्षकलाई बिना डर जिज्ञासा राख्ने गरेको अर्का शिक्षिका निर्मला न्यौपानेले जानकारी दिइन ।

विद्यालयका प्रध्यानाध्यापक गोपि कृष्ण आचार्यले मगर भाषाको पढाईले बिधालय संग अभिभावक संगको सम्बन्ध पनि सुमधुर भएको र भर्ना पछि बिधालय छोड्ने बिधार्थीको समस्या हटेको जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा नमस्ते पाल्पा दक्षिण कोरीयाका सुसिल गाहाले मातृ भाषाको निकै ठुलो महत्व भएकाले मगरी भाषामा पढाई हुने बिधालयलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

दक्षिण कोरीयामा रही घर बिदामा आएका आनन्द सारु र अर्जुन विरकट्टाले पनि मातृभाषाको महत्वलाई आत्मसात गरी आफुहरुको सहयोगलाई निरन्तरता दिने जानकारी गराए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रेम बहादुर गाहा, विद्यालय व्यवस्थापान समितिका सदस्य नीर माया गाहा, मगर पत्रकार संघका केन्द्रिय महासचिब देब पचभैया लगायतले मन्तब्य राखेका थिए । २०४५ सालमा स्थापना भएको नव जागृती प्राथमिक विद्यालयमा २०६४ साल देखि मगर भाषामा पढाई हुदै आएको हो ।

नेपाली र अंग्रेजी विषय बाहेक मगर भाषामा पढाई हुने सो विद्यालयको सेवाक्षेत्रमा शतप्रतिशत मगरबस्ती रहेकाले कक्षा चलाउन सजिलो भएको स्थानियले बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर गाहाको अध्यक्षतामा चलेको कार्यक्रममा शिक्षिका मना थापाको स्वागत र निर्मला न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %