काठमाडाँ २३ फागुन
संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले तीन दलका शीर्ष नेताको विचारमा एकरुपता नभए संविधान निर्माणमा कठिनाइ हुने धारणा ब्यत गरेकाछन ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज नेपाली काँग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको जीवन र व्यक्तित्वका विषयमा आयोजित साक्षात्कार कार्यक्रममा उनले शीर्षनेताबीच एक अर्काको अवस्थालाई नस्वीकार्ने हो भने संविधानको मस्यौदासमेत तयार नहुने जानकारी दिए ।
उनले स्व भट्टराई बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थाका पक्षपाती रहनुभएको समेत उल्लेख गरे । तत्कालीन संयुक्त वाममोर्चाका अध्यक्ष एवम् पूर्वमन्त्री राधाकृष्ण मैनालीले स्व भट्टराई निरङ्कुश राजतन्त्रका विरोधी र संवैधानिक राजतन्त्रका पक्षपाती भएको चर्चा गरे ।
उनले स्व भट्टराईले पार्टी छाडेपछि निष्ठाको राजनीति कहिल्यै नछाडेको बताउँदै अवसरको राजनीति गर्नका लागि भट्टराई कसैको आँखाको कसिङ्गर बन्नुपर्दा २०४७ सालको आमनिर्वाचनमा पराजयसमेत हुनुपरेको बताए ।
पूर्वअर्थमन्त्री डा देवेन्द्रराज पाण्डे र अमेरिकाका लागि पूर्व नेपाली राजदूत योगप्रसाद उपाध्यायले स्व भट्टराई सादा जीवन, उच्च विचारका धनी भएको वताए ।