गोबिन्द घर्ती
बैषाख १६ । स्मृति सामुदायिक वन समुह देवदहले घुम्ती कोष वितरण गरेको छ । नेकोस, रिम्स नेपाल र सामुदायिक वनको साझेदारीमा संचालित बहु सरोकारवाला वन कार्यक्रम अन्तर्गत उक्त घुम्तीकोष वितरण गरेको हो । सामुदायिक वन समुहका विपन्न तथा गरिव १० जना उपभोक्ताहरुलाई आर्थिक उपार्जन गरी जिविकोपार्जन गर्ने उद्देश्यका साथ घुम्तीकोष वितरण गरेको समुहका अध्यक्ष भरत गुरुङ्गले बताए ।
१० जना उपभोक्तालाई जनही १० हजारका दरले एक बर्षभित्र फिर्ता गर्ने तरिकाले वितरण गरेको समुहले जनाएको छ । वाख्रा पालन, वंगुर पालन, कुखुरा पालन तथा तरकारी खेतीको लागि समुहका विपन्न उपभोक्तालाई घुम्तीकोष वितरण गरेको अध्यक्ष गुरुङ्गले बताए । समुहका अध्यक्ष भरत गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेकोसका प्रतिनिधि कुल बहादुर दर्लामी लगायतको सहभागिता रहेको थियो । समुहका सचिव शुशिला भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
