फोहोरलाई व्यवस्थापन गर्न नसक्दा देवदह दुर्गन्धीत

Read Time:2 Minute, 55 Second

गोबिन्द घर्ती

बैषाख १५ । रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत पर्ने राजमार्ग क्षेत्रमा फालिएको फोहोरलाई व्यवस्थापन गर्न नसक्दा दुर्गन्धीत फैलिदै गएको छ । बजार क्षेत्रबाट निस्कने फोहोर मैला राजमार्ग छेउछाउमा फाल्ने गर्नाले दुर्गन्धीत फैलिएको हो । राज्य, नगरपालिका, टोलसुधार समिति तथा विभिन्न संघसंस्थाले सरसफाई कार्यक्रमलाई तिव्रता दिएपनि बजार क्षेत्रबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न नसक्दा खैरेनीको कजरार पुल, घोडाहाको पुल, शितलनगर तथा भलुही र घोडाहा जंगलमा रहेको पुलको छेउछाउमा बजार क्षेत्रबाट निस्कने फोहोर फाल्ने गर्नाले दुर्गन्धीत फैलिदै गएको स्थानीयवासीको भनाई रहेको छ ।
खैरेनी बजार, शितलनगर बजार र भलुही बजार क्षेत्रबाट निस्कने फोहोर राजमार्गको क्षेत्रमा फाल्ने गरेको स्थानीयवासीको भनाई रहेको छ । खैरेनी बजार क्षेत्रबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न सम्पूर्ण बजारवासी नै लाग्नु पर्ने देवदह बजार व्यवस्थापन समितिका अध्यक्ष गोविन्द ठड्राईले बताए । देवदह नगरपालिकाको ट्रयाक्टर प्रयोग गरी बजार क्षेत्रबाट फोहोर उठाउने कार्य गरेपनि लापर्वाहीका कारण दुर्गन्धीत बन्दै गएको ठड्राईको भनाई रहेको छ । स्थानीयवासी, व्यापारीहरुको कमी कमजोरी रहेको र फोहोर फाल्नेलाई कार्वाही गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले सार्वजनिक स्थलहरुमा फोहोर फाल्नेलाई कार्वाही गरिने बताए । घिमिरेले अनुसार फोहोर फाल्नेलाई ५ सय देखि २० हजार सम्म जरिमाना गर्न सकिने बताए । नगरपालिकाले स्थानीय रुपमा गठन भएका टोल सुधार समिति, वडा नागरिक मञ्चलाई फोहोर फाल्नेलाई कार्वाही गर्न निर्देशन दिईसकेको अधिकृत घिमिरेले बताए । फोहोर व्यवस्थापन गर्न सम्पूर्णवासी सक्रिय भएर लाग्नु पर्ने देखिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %