गोरखा, २३ फागुन
एकीकृत नेकपा (माओवादी) स्थायी समिति सदस्य देव गुरुङले गृहमन्त्रालय माओवादीलाई दिने भन्ने सहमति भएको बताएकाछन । गोरखा, तनहुँ र लमजुङका जिल्लास्तरका कार्यकर्तालाई प्रशिक्षण दिन गोरखा आइपुग्नुभएका नेता गुरुङले फागुन महिनाभित्र मन्त्रिमण्डललाई पूर्णता दिनेगरी तयारी भइरहेको समेत जानकारी दिए ।
सातबुँदे सहमति शान्ति र संविधानका लागि भएको भन्दै उहाँले त्यसको धरातलमा रहेर माओवादीले काम गर्ने बताए । क्रान्तिकारी पत्रकार सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले दलहरू संविधान निर्माणका लागि एक ठाउँमा रहेकाले छलफलबाट सहमतिमा पुग्ने र संविधान बन्न सक्ने आधार अझै तयार रहेको बताए ।