हेटौंडा, बैशाख १४
नेपाल मगर संघ मकवानपुर गढी ईकाइ तदर्थ समितिमा टेकबहादुर किङरिङमगर चयन हुनुभएको छ । भेलाले किङरिङको नेतृत्व ११ सदस्य कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा तेजकुमारी अस्थानीमगर, सचिवमा सन्दिप पुलामीमगर, सहसचिवमा अनिता थापामगर, कोषाध्यक्षमा पविमाया खड्गा आलेमगर चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा गंगाबहादुर थापामगर, चन्द्रबहादुर आलेमगर, टिना पुलामी मगर, मैया थापामगर, रामकुमार अस्थानीमगर रहनुभएको छ ।
नेपाल मगर संघ जिल्ला कार्यसमिति सल्लाहाकार मधुकर सिं गलामीमगर, मगर युवा संघ जिल्ला कार्यसमिति उपाध्यक्ष सन्देश तुम्सिङ मगर लगायतको उपस्थितिमा मगर संघ गाउ तदर्थ समिति गठन भएको हो ।
