रूद्र श्रीसमगर
पोखरा, १३ वैशाख १/१ गोर्खा राइफल्सले आफ्नो २०१ औं वार्षिकोत्सव भव्य कार्यक्रमसहित पोखरामा मनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णेल जेपी क्रसले भूपू गोर्खा सैनिकहरू आफ्नो अधिकार प्राप्तिको लागि लड्नुपर्ने बेला आएको बताए । कर्णेलले आफूले नेपालमा बसोबास गरेको ४२ वर्षपछि नेपाली नागरिकता प्राप्त गरेकोमा खुशी समेत व्यक्त गरे ।
कार्यक्रममा भारतीय भूपू सैनिक एवं नेकपा (क्रान्तिकारी माओवादी) कास्कीका सह–संयोजक भीम बहादुर श्रीस, ह टेक बहादुर पुन, नायक ख्याम बहादुर गुरुङलगायतले १/१ गोर्खा राइफल्सको गरेका कार्यहरूको प्रशंसा गर्दै अबका दिनहरूमा पोखरामा बसोबास गर्ने १/१ गोर्खा राइफल्सका सम्पूर्ण सैनिकहरूलाई समेटेर जानुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष सु भक्त बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष क्या निम बहादुर गुरुङले स्वागत तथा सञ्चालन क्या कुल बहादुर गुरुङले गरेका थिए । १/१ गोर्खा राइफल्सले आफ्नो २०१ औं वार्षिकोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
