गोविन्द घर्ती मगर
बैषाख ,११ – राजनैतिक रुपमा सचेत र सजग नभए सम्म अधिकार प्राप्त गर्न नसकिने संघीय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य दलबहादुर विरकट्टाले बताउनु भएको छ । उहाले अधिकारको लागि एकजुट हुनु पर्ने बताउदै अधिकार प्राप्तीको लागि आन्दोलनको कुनै विकल्प नभएकोमा जोड दिनु भयो । संघीय जनमुक्ति पार्टी देवदह नगर समितिको प्रथम अधिवेशनमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेपालमा नया संविधान जारी भएपनि जारी संविधानले आदिवासी/जनजाति, दलित, पिछडिएका बर्गको अधिकार सुनिश्चित गर्न नसकेको बताउनु भयो ।
उहाले नेपालमा भ्रष्टचार बढिरहेको हुदा भ्रष्टचारीलाई मृत्युदण्डको सजाय संविधानमा उल्लेख गर्नुपर्नेमा जोड दिनु भयो । देवदह नगरसमितिका संयोजक डम्वरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष मधु राना, जिल्ला सदस्यद्धय होमबहादुर डिसुवा, सुवास गुरुङ्ग, राष्ट्रिय महिला मोर्चाका जिल्ला उपाध्यक्ष ज्योति थापा, हरीबहादुर सारु, धनबहादुर गुरुङ्ग, ओमबहादुर थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कमान सिं सारुको स्वागत र मनबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अधिवेशनले डम्बहादुर थापाको अध्यक्षतामा अध्यक्षतामा नगर समिति गठन गरेको छ । जसको उपाध्यक्षमा जसुमाया राना, सचिवमा मनबहादुर राना, कोषाध्यक्षमा ईनीसरा घर्ती, सहसचिवमा सुरेश काउछा रहनु भएको छ । त्यसैगरी अन्य सदस्यहरुमा टिकाराम थापा, रुकविना गाहा, मिथु थापा, नारायणी सोमै, रुकबहादुर सारु, कुलबहादुर रुचाल, ओमबहादुर थापा, कुलबहादुर राना रहनु भएको छ ।
