गोविन्द घर्ती
देवदह बैषाख ७ । रुपन्देहीको देवदह–२, पेटवनिया सामुहिक वाख्रा पालन फर्मको उद्घाटन गरिएको छ ।
ज्योति महिला समुह देवदह–२, पेटवनियाद्धारा संचातिल सामुहिक वाख्रा पालनको एक कार्यक्रमका वीच देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले उद्घाटन गरेको हो । ज्योति महिला समुहले करिव २ लाख ५० हजारको लागतमा सामुहिक वाख्रा पालन शुरुवात गरेको छ । देवदह नगरपालिकाले ५० हजार, नेपाल अविनास सामाजिक सेवा संस्थाले खोर निर्माण एव बोका वाख्रा प्रदान, पेटवनिया सामुदायिक वनले १५ हजार प्रदान गरिएको समुहले जनाएको छ ।
सो अवसरमा बोल्दै नगर अधिकृत घिमिरेले सामुहिक कामले आर्थिक उपार्जनमा टेवा पुग्ने बताए । घिमिरेले सामुहिक रुपमा संचालन गरेका यस्ता कामहरुले आर्थिक रुपमा आत्मनिर्भर बन्न मद्दत पुग्ने बताए । घिमिरेले सामुहिक रुपमा गर्ने क्रियाकलापको लागि दीर्घकालिन योजना बनाएर अगाडि बढ्ने हो भने सफलता हासिल गर्न सकिनेमा जोड दिए । घिमिरेले फर्ममा राम्रो नश्लको वाख्राहरु राख्नु पर्ने बताए ।
समुहका अध्यक्ष पार्वती गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खड्क बहादुर विक, संघीय जनमुक्ति पार्टीका दल बहादुर विरकट्टा, सरीमाया गुरुङ्ग, मिना सारु, गोमाया गुरुङ्ग लगायतले आ–आफना भनाई राखेका थिए । सावित्री गुरुङ्गको स्वागत, लिलामति थापाको संचालनमा भएको कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
