इजरायलमा नयाँ बर्ष सांगितिक साँझ २०७३ भव्य रुपमा सम्पन्न

Read Time:9 Minute, 36 Second

माया मगर

नयाँ बर्षको अवसर पारी इजरायलमा रहेका नेपालीहरुलाई मनोरञ्जन दिलाउने उद्देश्यले गैर आवासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद इजरायलको आयोजनामा विभिन्न ११ वटा संघ संस्थाहरुको सह आयोजना तथा इजरायली मेनपावर एजेन्सी याद वेयाद मेन पावर एजेन्सीको प्रमुख प्रायोजकत्वमा नेपालका चर्चित कलाकारहरुको जोडदार सांगितक प्रस्तुतीका विच इजरायलको तेलअभिवमा नयाँ बर्ष सांगितिक साँझ २०७३ सम्पन्न भएको छ ।
असहाय, दीन-दुःखी तथा घरवार विहिनहरुको सहयोगकोलागि च्यारेटी संकलनार्थ भारतिय टेलिभिजन जीटिभीबाट प्रसारण हुने चर्चित रियालिटी सो डान्स इन्डिया डान्स लिटिल च्याम्प्स तेस्रो संस्करणकी विजेता नेपाली चेली तेरिया मगर, चर्चित कमेडी गायक श्रीकृष्ण लुईंटेल तथा नबोदित गायिका मेलिना राईको बिशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम पूर्व निर्धारित समयमै शुरु भएता पनि अत्याधिक दर्शकको चाप र हाहागना हल व्यवस्थापकको अनुचित ब्यबस्थापन, लापरवाही तथा निन्दनिय व्यवहारका कारण टिकट काटेका सिमित दर्शकहरुलाई समेत हलभित्र प्रवेश नदिदा केहि वेर कार्यक्रममा अवरोध उत्पन्न भएको थियो ।
आयोजकको केही समयको अथक प्रयास र इजरायली सुरक्षाकर्मीको सहयोगमा दर्शकहरुलाई कार्यक्रम हलमा प्रवेश गराइएको थियो । आयोजकले केही साता अघिदेखि नै अग्रिम टिकट वुकिङ गर्न गरेको अपिलका वावजुद पनि अत्याधिक टिकट वुकिङ गर्न नसकेका दर्शकहरु कार्यक्रम हल प्रवेशबाट बञ्चित भई फर्किन वाध्य भएका थिए भने कतिपय टिकट लिएका दर्शक पनि आक्रोशित भई फर्किएका थिए । आयोजकले आफ्नो मातृभूमीबाट आएका कलाकारहरुको प्रस्तुति हेर्ने ठूलो आशा बोकेर व्यस्त समयका वावजुद पनि कार्यक्रम हलसम्म आएर पनि फर्किन बाध्य दर्शकमा पर्न गएको असुविधाप्रति गहिरो दुःख प्रकट गर्दै क्षमा याचना गरेको छ ।
एनआरएनए एनसिसी इजरायलका अध्यक्ष दिपक प्रसाद ओलीको सभापतित्व नेपाली राजदुताबासका नव नियुक्त काउन्सिलर तथा उपनियोग प्रमुख रामेश्वर पौडेलको प्रमुख आथित्यता साथमा उहाँकी धर्म पत्नी, श्रम विभागका निर्देशक जनक घिमिरे, नेपाली राजदूतावास इजरायलका अटाचे कमल कोइराला, एनआरएनए आइसीसी सदस्य सुवास खरेल, याद वेयाद मेन पावर एजेन्सीकी लेवाना र नेपाल टूर्स एण्ड ट्राभल्सका कन्सल्टेन्ट नारायण थापाको विशेष आतिथ्यता, इजरायलमा रहेका विभिन्न सामाजिक, धार्मिक तथा जातीय तथा संघसंस्थाका प्रतिनिधिहरु, अनलाइन बेव मिडियाका पत्रकारहरुको आथित्यता रहेको उक्त कार्यक्रममा इजरायलबासी नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि रामेश्वर पौडेलले इजरायल आगमनसंगै राष्ट्रिय कलाकारहरु उपस्थित कार्यक्रममा सहभागी हुन पाउनुमा गर्व महसुस गरेका थिए । विभिन्न शिलशिलामा प्रवासमा छरिएऱ रहेका नेपालीहरुमा एकता कायम राख्दै नेपाली भाषा, साहित्य, कलाको संरक्षणकोलागि यस्ता किसिमका कार्यक्रमहरु भइरहनु पर्ने धारणा व्यक्त गरेका थिए ।
त्यसै कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै इजरायल भ्रमणमा रहनुभएका श्रम विभागका निर्देशक जनक घिमिरेले कार्यक्रममा आफूलाई पनि आमन्त्रण गरी केही बोल्ने अवसर प्रदान गरेकोमा आयोजकप्रति हार्दिक आभार प्रकट गरेका थिए । घिमिरेले इजरायलमा नेपालीहरुले गरिरहेको सेवाको कामले आफूहरुले विश्व समुदायमा नाक ठाडो पार्न सफल भएको बताए । आफ्नो लगनशिलता र मिहनेतले विदेशीहरु माझ नेपाल र गौरव वढाउने कार्य गर्दै आएको बताउदै आउदा दिनमा अझ राम्रो गर्न शुभकामना दिएका थिए ।
कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै एनआरएनए एनसिसी इजरायलका बरिष्ठ उपाध्यक्ष विशाल ज्ञलालीले व्यस्त समयका वावजुद पनि कार्यक्रममा उपस्थिती जनाइदिएकोमा प्रमुख अतिथि नेपाली राजदूतावासका काउन्सिलर रामेश्वर पौडेल लगायत दूतावास परिवार, श्रमका निर्देशक जनक घिमिरे, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, मिडियाकर्मीहरु, लगायत उपस्थित सम्पूर्णमा नयाँ बर्षको शुभकामना सहित हार्दिक स्वागत गरेका थिए ।
त्यस्तै औपचारिक कार्यक्रमको समापन गर्नुहुदै सभापति दिपक प्रसाद ओलीले इजरायलवासी नेपालीहरुले आफूहरुसँग निकै नै आशा राखेको बताउदै चुनावको बेला आफुहरुले गरेका प्रतिवद्दताहरुमा अधिकांश प्रतिवद्दताहरु पुरा गरिसकेको जिकिर गरेका थिए । ओलीले कुनै वेला एनआरएन अर्धचेत अवस्थामा रहेको आशय व्यक्त गर्दै अहिलेको अवस्थामा इजरायलमा रहेका नेपालीहरुलाई समस्या पर्दा एनआरएन कहाँ छ भनेर खोज्नुपर्ने अवस्था नरहेको बताए । ओलीले एनआरएनए इजरायलले इजरायलवासी नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै दुई वटा वकिलको व्यवस्था गरिसकिएकोले अव आफूलाई परेको समस्याको समाधानकोलागि एनआरएनए इजरायलको सचिवालयमा सम्पर्क गर्न सकिने बताए । ओलीले कार्यक्रम सम्पन्न गर्न अहोरात्र खटिनुहुने कार्य समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, सहआयोजक संघ संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, मिडियाकर्मीहरु, कार्यक्रमको प्रमुख प्रायोजक याद वेयाद, उपहार प्रायोजक नेपाल टूर्, एण्ड ट्राभल्स लगायत उपस्थित सम्पूर्ण दर्शक दिर्घाप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा एनआरएनए इजरायलका कोषाध्यक्ष तारा काउचा मगरले परिषद्को बार्षिक कुल ५९ हजार ९ सय ६ शेकेल इजरायली मुद्रा आम्दानी तथा १७ हजार ६ सय ६४ शेकेल खर्च सहितको आर्थिक आय ब्यायको विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रमका दौरान एनआरएनए एनसिसी इजरायलको आधिकारीक वेबसाइट सार्वजनिक गरिएको थियो । www.nrnaisrael.org domain रहेको उक्त वेबसाइट मार्फत इजरायलवासी एनआरएनहरुले एनआरएनए इजरायल लगायत विश्वका अन्य मुलुकहरु तथा मातृभुमी नेपालमा एनआरएनएले गर्ने गरेका गतिविधिहरुको बारेमा आधिकारिक रुपमा जानकारी पाउनुका साथै इजरायल वासी नेपालीहरुका आफ्ना समस्याहरु पनि अनलाइनबाटै राख्न सकिने व्यवस्था गरिएको प्रवक्ता संगिता वलीले नेपाल इजरायल डट नेटलाई जानकारी दिएका थिए ।
स्थानीय कलाकारहरुको शुन्य सहभागिता रहेको सो कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरुको धमाकेदार प्रस्तुतिले भरपुर मनोरंजन दिलाएका थिए । उक्त मनोरञ्जनात्मक कार्यक्रममा चर्चित कमेडी गायक श्रीकृष्ण लुईंटेलको हास्य व्यंग्यात्मक गीतहरुले दर्शकलाई खुवै मनोरञ्जन दिलाउन सफल भए भने नबोदित गायिका मेलिना राइले आफ्ना सुरिला गीतको प्रस्तुति तथा कार्यक्रमको प्रमुख आकर्षणको रुपमा रहेकी चर्चित डान्सर तेरिया मगरको नृत्यले दर्शकहरुलाई खुवै झुमाएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %