रूद्र श्रीसमगर
पोखरा वैशाख, ६ – वैशाख नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रूद्रबहा दुर हितानमगर मगर आदिकवि जीतबहादुर सिंजालीमगर साहित्य प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने जीबसिम साहित्य पुरस्कार–२०७१ बाट सम्मानित हुनुभएकोमा संघको कास्की शाखाले बधाई ज्ञापनसहित सम्मान गरेको छ ।
आइतबार आयोजित कार्यक्रममा नेपाल मगर संघ कास्कीका कोषाध्यक्ष कुमार थापामगरले अध्यक्ष हितानमगरलाई सम्मान गर्नुभएको हो । सोही अवसरमा थापामगरले संघको प्रथम राष्ट्रिय सम्मेलनमार्फत् कास्कीबाट केन्द्रीय उपाध्यक्ष, उपमहासचिव तथा सचिव पदमा निर्वाचित क्रमशः एमबी आस्था मगर, रूद्रबहादुर श्रीसमगर र मनोज घर्तीमगरलाई समेत मगर पत्रकार संघ कास्कीका तर्फबाट सम्मान गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै नेपाल मगर संघ कास्कीका कोषाध्यक्ष कुमार थापामगरले मगर जातिको पहिचानलाई स्थापित गराउन मगर पत्रकार एवं सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । आवाजविहीनहरूको आवाजलाई स्थापित गराउन मगर पत्रकारहरूले निरन्तर कलम चलाउनुपर्नेमा जोड दिँदै थापामगरले नेपाल मगर संघको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारमा समेत सहयोग गर्न आग्रह गर्नुभयो ।
