बागलुङ–पोखरा मगर समाजको भित्तेपात्रो विमोचन

Read Time:2 Minute, 1 Second

रूद्र श्रीसमगर

पोखरा, ४ वैशाख – बागलुङ–पोखरा मगर समाजको नव वर्ष २०७३ को भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार आयोजित कार्यक्रममा समाजका ज्येष्ठ नागरिक ब्रिटिश गोर्खा मेजर दलबहादुर श्रीसमगर, पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक भीमबहादुर श्रीसमगर र अध्यक्ष मेखबहादुर छन्त्यालमगरले संयुक्त रूपमा भित्तेपात्रोको विमोचन गर्नुभयो । सो अवसरमा बोल्दै समाजका सल्लाहकार संयोजक श्रीसमगरले बागलुङे मगरहरूको संस्कार र संस्कृति जगेर्नाका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले एक अर्काको दुःख सुखमा साथ दिनका लागि नै समाजको आवश्यकता पर्ने भन्दै सिर्जनात्मक गतिविधिमा जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा समाजका उपाध्यक्ष रामबहादुर पुनमगर, सचिव गजेन्द्र थापामगर, कोषाध्यक्ष कृष्णा पुनमगरलगायतले नव वर्षको शुभकामना आदानप्रदान गर्नुभएको थियो । सोही अवसरमा समाजमा नयाँ आबद्ध भएका नवप्रवेशी सदस्यहरूलाई स्वागत गरिएको थियो भने सहयोग गर्ने सहयोगदाता तथा भित्तेपात्रोलाई विज्ञापन दिएका विज्ञापनदातालाई समेत सम्मान गरिएको थियो ।

त्यस्तै, हड्डीको नलीको क्यान्सर रोगबाट पीडित बागलुङ जिल्ला रिघानिवासी झगबहादुर बुढाथोकीलाई समाजका आबद्ध सदस्यहरूले उपचारका लागि आर्थिक सहयोग समेत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %