धौलासिरीको छैठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

Read Time:1 Minute, 31 Second

रूद्र श्रीसमगर

पोखरा, ४ वैशाख – धौलासिरी पुन मगर समाजको छैठौं वार्षिकोत्सव तथा नव वर्ष २०७३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार आयोजित कार्यक्रममा नेपाल मगर संघ कास्कीका संस्थापक उपाध्यक्ष इन्द्रबहादुर गर्बुजामगरले आफ्नो संस्कृति र परम्परा जोगाउन सबै मगरहरू एकजुट हुनुपर्ने बताउनुभयो । मगर जातिबीच एकता भए मात्र पहिचान बचाउन सकिने भन्दै गर्बुजामगरले मगरहरूबीचमा भावनात्मक एकता हुनुपर्नेमा जोड दिनुभयो ।

समाजका अध्यक्ष गजमती पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, कास्की जिल्ला सह–सचिव एवं कोरियोग्राफर सुरज थापामगर, समाजका उपाध्यक्ष क्या. बागवीर पाइजामगर, कुबेर पुनमगर, पवित्रा पुनमगरलगायतले नयाँ वर्षको शुभकामना दिनुभएको थियो ।

सो अवसरमा धौलासिरी क्षेत्रका मगर समुदायमा लोकप्रिय संस्कृतिहरू तथा विभिन्न सामूहिक तथा एकल नृत्य र हास्य नृत्य प्रस्तुत गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %