नवलपरासी (गैँडाकोट), २२ फागुन
सुनवलको सडकमा बिग्रिएर रोकिराखेको ना२ख १५६१ नम्बरको ट्रकमा लु७प ९९६० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीन युवकको गएराति मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकल गएराति ८ः३० बजे ट्रकमा ठोक्किँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमध्ये रूपन्देही देवदह–३ बस्ने वर्ष २३ का दिनेश क्षत्री रहेका छन् भने अन्य दुईको सनाखत हुन सकेको छैन । क्षत्रीको शव लुम्बिनी अञ्चल अस्पताल र अन्य दुईको शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।