जीबसिम पुरस्कारबाट सम्मानित तीन व्यक्तित्वलाई प्रतिष्ठानद्वारा बधाई ज्ञापन

Read Time:2 Minute, 30 Second

रूद्र श्रीसमगर

पोखरा, ४ वैशाख – मगर आदिकवि जीतबहादुर सिंजालीमगर साहित्य प्रतिष्ठान, काठमाडौंबाट हरेक वर्ष प्रदान गरिँदै आएको मगर साहित्यकै ठूलो राशीको पुरस्कार जीबसिम साहित्य पुरस्कारबाट सम्मानित तीन जना साहित्यिक व्यक्तित्वलाई मगर भाषा प्रतिष्ठान, कास्की शाखाले शनिबार बधाई ज्ञापन तथा सम्मान गरेको छ ।

  जीबसिम साहित्य पुरस्कार–२०६७, २०६९ र २०७१ बाट सम्मानित हुने क्रमशः मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकबहादुर थापामगर, कास्की शाखा अध्यक्ष फूलकुमारी थापामगर र उपाध्यक्ष रूद्रबहादुर हितानमगरलाई बधाई ज्ञापनसहित सम्मान गरिएको हो ।

कार्यक्रममा सम्मानित भएपछि बोल्दै प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकबहादुर थापामगरले मगर साहित्यको विकासका लागि मगर लेखक, साहित्यकारहरूले निरन्तर कलम चलाउनुपर्नेमा जोड दिनुभयो । मगर भाषा र साहित्यको उत्थानमा साहित्यकारहरूको ठूलो भूमिका हुने भन्दै थापामगरले राज्यले मगर भाषालाई उपेक्षा गरेको गुनासो गर्नुभयो ।

प्रतिष्ठानका कास्की शाखा अध्यक्ष फूलकुमारी थापामगरले मगर भाषा, साहित्य लेखनमा कृत्रिमताभन्दा मौलिकतालाई जोड दिनुपर्ने बताउँदै मौलिकताका नाममा जबर्जस्ती नयाँ शब्द बनाइन नहुने बताउनुभयो । उपाध्यक्ष रूद्रबहादुर हितानमगरले मगर भाषा लेखनमा कैयन् जटिलता रहेको भएपनि लेख्न भने छोड्न नहुने भन्दै मगर भाषा वास्तवमा समृद्ध भाषा भएको बताउनुभयो ।

कार्यक्रममा सचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर बुद्ध सेवा समाज, कास्कीका अध्यक्ष सु. चन्द्रबहादुर मसराङ्गीमगरलगायतले नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %