काठमाडौं, फाल्गुन २१-
सरकारले पूर्वप्रधानमन्त्री एवं कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको राजकीय सम्मान दिने भएको छ । सन्त नेता भट्टराईको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय शनिबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । यसैगरी सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले तीन दिनसम्म राष्ट्रिय झण्डा झुकाएर शोक मनाउनेसमेत निर्णय गरेको छ ।