नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ ललितपुर जिल्ला समिति गठन

Read Time:2 Minute, 47 Second

केहर सिंग थापा मगर

काठमाण्डौ , वैशाख ४–आज मिति २०७३ साल वैशाख ४ गते शनिवारका दिन ललितपुर जिल्ला जावलखेल स्थित एलिनास वेकरी क्याफेमा नेपाल मगर संघका पूर्व कोषाध्यक्ष क्या. कुलप्रसाद पुन मगरको संयोजकमा नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघको भेला सम्पन्न भएको छ ।

नेपाल मगर संघका केन्द्रिय समितिका पूर्व अध्यक्ष क्या.यमबहादुर बुढाथोकि मगरको विषेस अतिथिमा, नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुमबहादुर पचभैया थापा मगर र केन्द्रिय सदस्य प्रेमबहादुर पुन मगर अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रम सञ्चालन अध्यक्ष हुमबहादुर थापा मगरले गरेका थिए ।

नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघको उदेश्य सहित स्वागत मन्तब्य क्या.कुलप्रसाद पुनले र नेपाल मगर संघको सांगठनिक, नीति र नेतृत्व बारे क्या.यमबहादुर बुढाथोकि मगरले प्रकाश पारेका थिए । नारायणी अञ्चलको चितवन जिल्लामा यही वैशाख १८ देखि २२ गते सम्म हुन गइरहेको नेपाल मगर संघको ११ औं आसन्न राष्ट्रिय महाधिवेशनको वारेमा जानकारी दिदै आफ्नो जिल्लाको ब्यानर सहित सहभागिता हुन अध्यक्ष थापा मगरले अनुरोध गरेका थिए ।

कार्यक्रममा ललितपुर जिल्ला समितिका अध्यक्षलाई एक प्रति संगठनको विधान र माइन्टिङ बुक पनि के.अले हस्तान्तरण गरेका थिए । आजको भेलाले सु.रोमन राना मगरको अध्यक्षतामा ९ सदस्यीय नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ ललितपुर जिल्ला समिति  गठन गरेको छ ।

जसमा यस प्रकार रहेको छ :

१.सु.रोमन राना मगर         अध्यक्ष

२.मनिराज पुन मगर         उपाध्यक्ष

३.खेमबहादुर राना मगर      सचिव

४.हुमबहादुर थापा मगर      कोषाध्यक्ष

५.चित्रबहादुर काउचा मगर   सदस्य

६.राजु मगर                   सदस्य

७.श्रीप्रसाद बुढाथोकि मगर   सदस्य

८.सन्तबहादुर थापा मगर    सदस्य र

९.टेकबहादुर थापा मगर      सदस्य रहेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %