केहर सिं थापा
काठमाण्डौं,बैशाख १–राष्ट्रिय जनमुक्ति पार्टि (लोकतान्त्रिक) नेपालले आङ्खनै केन्द्रीय कार्यालय कुलेश्वरमा नयाँ वर्ष २०७३ सालको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गर्यो ।
कार्यक्रममा पार्टीका अध्यक्ष र माननीय विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापा मगरले अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा पूर्व कृषि सचिव शंकरलाल चौधरी,ए.माओवादीका व्यास्थापिका संसदका सांसद केशरी घर्ती मगर, ने.क.पा.माओवादीका सांसद तुलसा राना मगर,दलित जनजाति पार्टीका सांसद यशोदा लामा इन्जिनियर पदम नारायण चौधरी,नेपाल संघीय गणतात्रिक समाजबादी पार्टीका कोषाध्यक्ष रुपा मगर,
झुल बहादुर आले मगर, नेपाल जनता पार्टीका हरिचन्द्र शाह साथै अन्य पार्टीका नेता तथा कार्यकर्ताहरु समेतको उपस्थिति भई सवैले आ–आ परीचय सहित शुभकामना आदनप्रदान गरेका थिए ।
