म पनि भूपू सैनिक हुँ :उपराष्ट्रपति पुन,फोटो सहित

Read Time:5 Minute, 43 Second

केहर सिं थापा

काठमाण्डौं,चैत २६ भूतपूर्व सैनिक महासंघ नेपालको पाचौं राष्ट्रिय सम्मेलनलाई उपराष्ट्रपति पुनले उपराष्ट्रपतिको  कार्यालयको सभाहलमा उद्धघाटन गरे । सो सम्मेलन २६ र २७ गरी दुई दिन सम्म चल्नेछ ।

पुनले आफूपनि जनमुक्ति सेनाको अवकाश प्राप्त सैनिक भएकोले भूपूहरुको सम्मेलनमा प्रमुख अतिथि बन्न पाउदां खुसी ब्यक्त गरें । पुनले भने भूपू सैनिकहरुको धेरै समस्या भएकोले समाधानको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । महासंघका अध्यक्ष मेजर चोक बहादुर थापा मगरको सभापतित्वमा वरिष्ट उपाध्यक्ष क्यापटेन हिमाल राईले स्वागत् मन्तब्य दिएका थिए भने महासचिव तिल बहादुर खत्रीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सम्मानिय उपराष्ट्रपति नन्दकिशोर पुन थिए भने विशेष अतिथिहरुमा एक मात्र जिउदा भि.सी.क्या. राम बहादुर लिम्बु,भूतपूर्व बिट्रिस सैनिक तथा ब्यास्थापिका संसदका सांसद दिलमान पाख्रिन,सासंद तारा राई थिए । नेपाली,भारतीय,बिट्रिस राजदुतावासका प्रतिनिधिलाई विशेष अतिथिको निमन्त्रणा दिएता पनि कार्यक्रममा उपस्थिति थिएनन् । अतिथिहरुमा पूर्व माननीय सांसद,विश्व हिन्दु महासंघका अध्यक्ष तथा भूपू लेफटिनेन्ट कर्नेल हेम बहादुर कार्की,भूपू सैनिक महिला महासंघका पद्मा आले, पूर्व सासंद तथा मेजर दिपक गुरुङ अतिथि थिए । कार्यक्रमको शुरुवात राष्ट्रिय गान बाट भएको थियो भने शहिद विर पुरुषहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।

नेपाली,भारतीय र विट्रिस भूपू सेना बाट आ-आफ्नो सेनाको समस्या वारे प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन पेश गर्नेमा नेपाली सेनाका उपाध्यक्ष बासु भण्डारी,भारतीय सेनाका उपाध्यक्ष सुवेदार दुर्गा बहादुर थापा र विट्रिस सेनाको तर्फ बाट श्री मुक्ति प्रसाद घर्ती र महासंघका स अध्यक्ष डा.लक्ष्मीकान्त पाण्डेले पनि सांराशमा  प्रतिवेदन पेश गरेका थिए । नेपाली सेनाका सेवानिवृत्त ६० देखि ७० हजारको संख्यामा रहेका छन् । केही विदेशमा कार्यरत छन् भने केहि भूपूहरुले सानातिना व्यवसाय गरी गुजारा चलाइरहेको वासु भण्डारीले जानकारी दिए ।

 

भारतीय सेनाका सेवानिवृत्त करीब २ लाख ५० हजार रहेको र एकल महिला लाई पेन्सनमा समस्या झेल्नु परिरहेको दुर्गा थापाले गुनासो पोखे । विट्रिस भूतपूर्व सैनिकको तर्फ वाट मुक्ति प्रसाद घर्तीले आÏनो प्रतिवेदनमा सन् १८१५ देखि २०१५ बीचको नेपाल, भारत र बेलायतको  आर्मीको वारे संक्षिप्तमा जानकारी दिएका थिए । पल्टनहरु कटौतीमा परेकोले हालमा २ पल्टन मात्र रहेको र हाल सम्म २८७० जना जवानहरु रहेको श्री घर्तीले जानकारी दिए । बेलायतले गोर्खाली लाई विभेद गरेकोले पाचं सुत्रिय माग राख्दै हाम्रा योद्धाहरुले बेलायतको सडक देखि सदन सम्म आन्दोलन गरिरहेका छन् ।

त्यसको नेतृत्व ज्ञानराज राईले लिइरहेको घर्तीले जानकारी दिए । मन्तब्य दिने क्रममा विश्व हिन्दु महासंघका अध्यक्ष्ँ समेत रहेका पूर्व सांसद हेम बहादुर काकीले भूपू सैनिकहरुलाई अवहेलना गरेकोमा टपरटुईयाको संज्ञा दिदै सरकारमा रहेका मन्त्रीहरुलाई आरोप लगाए । अर्का वक्ता भूपू सैनिक तथा नेपाली काग्रेसका सांसद दिल मान् पाख्रिनले शुभकामना दिदे आफू पनि भूपू सैनिक रहेको र अरु भूपूलाई जस्तै आफूपनि पीडामा परेको गुनासो पोखे । साथै यो समस्या सदनमा उठाउने प्रतिबद्धता व्यक्त गरें ।

कार्यक्रममा प्रमुख अतिथि लगायत तीनै देशका भूपू सैनिकको प्रतिनिधि मार्फत राजदुतावासमा राख्ने गरी प्रमुख अतिथि द्धारा सम्मान पत्र हस्तानतरण गरियो भने अध्यक्षले प्रमुख अतिथिलाई सम्मान पत्र दिएका थिए ।

अडियो र भिडियो पनि उपलब्ध गराइनेछ हेर्न र सुन्न नभुल्नु होला ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %