भगवान गौतम बुद्धको मावली स्थल रुपन्देहीमा पर्यटक आउने संख्यामा बृद्धि

Read Time:3 Minute, 7 Second

गोविन्द घर्ती

   देवदह चैत्र,२० – भगवान गौतम बुद्धको मावली स्थल रुपन्देहीको देवदहद्द४, भवानीपुरमा वाह्य तथा आन्तरिक पर्यटक आउने क्रम दिन प्रति दिन बढिरहेको छ । विगतका बर्षहरुमा भन्दा यस बर्ष आन्तरिक तथा वाह्य पयर्टक आउने क्रम बढिरहेको कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समिति भवानीपुरले जनाएको छ । भगवान गौतम बुद्ध संग सम्वन्धीत ऐतिहासिक वस्तुको अवलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटक आउने क्रम बढेको हो । थाईल्याण, भेटनाम, श्रीलंका, कोरिया, जापान लगायतका देशका पर्यटकहरु रहेका छन भने आन्तरिकमा काठमाडौ, पोखरा, सिन्धुपालचोक, भरतपुर, भक्तपुर लगायतका क्षेत्रबाट आउने गरेको समितिले जनाएको छ ।

भगवान गौतम बुद्धको मावली स्थल देवदह क्षेत्रमा रहेका ऐतिहासिक वस्तुहरुको अवलोकनको लागि लुम्विनी विकास कोष र राज्यले व्यवस्था गरिदिनु पर्ने सुझाव दिएको समितिका अध्यक्ष चन्द्रबहादुर रानाले बताउनु भयो । भगवान गौतम बुद्धको मावली देवददह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको उत्खनन् गर्नुपर्ने, लुम्विनी विकास कोषले लुम्विनी गुरुयोजनामा देवदह क्षेत्रलाई पनि समेट्नु पर्ने पर्यटकहरुले सुझाव सल्लाह दिने गरेको समितिका सचिव अम्वरराज पोखरेलले बताउनु भयो । भगवान गौतम बुद्धको मावली स्थल देवदह क्षेत्रमा आउने पर्यटकहरुलाई राख्ने व्यवस्था गरी देवदह क्षेत्रमा बौद्ध गुम्वा निर्माण गर्न सके अझ बढि आन्तरिक तथा वाह्य पर्यटक बढ्न सक्ने देवदह क्षेत्र परिचय तथा विकास समितिका अध्यक्ष निलकण्ठ पौडेलको भनाई रहेको छ ।

ऐतिहासिक क्षेत्रको उत्खनन्का क्रममा भेटिएका ऐतिहासिक वस्तुहरुलाई देवदहमा संग्राहलय निर्माण गरी पर्यटक आउदा देखाउन सकियो र देवदह क्षेत्रको वारेमा जानकारी दिनका लागि सूचना केन्द्र स्थापना गर्न सके पर्यटक भित्रयाउन सकिने अध्यक्ष पौडलले बताउनु भयो । यसको लागि लुम्विनी विकास कोष, स्थानीय निकाय र बुद्धको नाममा खोलिएका विभिन्न संघसंस्थाले पहल गर्न सके देवदह क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने अध्यक्ष पौडलको भनाई रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %