हवाई भाडा वृद्धिविरुद्ध महिलाहरुद्धारा जुम्ला बजार बन्द

Read Time:1 Minute, 3 Second

जुम्ला, २० फागुन  हवाई भाडा वृद्धिविरुद्ध सातदिन अघिदेखि यहाँ सुरु भएको महिलाको आन्दोलनले आज सम्पूर्ण बजार बन्द गर्नुका साथै नागरिक उड्डयन प्राधिकरणमा ताला लगाएका छन् ।

सरकारले तत्काल हवाई भाडा नघटाएमा अनिश्चितकालीन तालाबन्दी गर्ने र जुम्ला विमानस्थललाई खेतबारीमा परिणत गर्ने चेतावनी उनीहरूले दिएका छन् । नारी कल्याण केन्द्र जुम्लाको अगुवाइमा सुरु भएको हवाई भाडाविरुद्धको आन्दोलनमा जुम्लाका राजनीतिक दल, नागरिक समाज र सङ्घसंस्था सबैले ऐक्यबद्धता जनाएका छन् । हवाई भाडा तत्काल नघटाइए कडा सङ्घर्षका आन्दोलनसमेत सुरु गर्ने नारी कल्याण केन्द्रकी अध्यक्ष कान्ती सेदुवालले बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %