युवाहरुमा राजनैतिक चेतनाको खाँचो: शुर्यबंशी

Read Time:4 Minute, 2 Second

सनु थापा मगर

बुटवल चैत,१६ – संघीय जनमुक्ति पार्टीका महासचिव केशब शुर्यबंशी मगरले युवाहरुमा राजनैतिक चेतनाको खाँचो रहेको कुरामा जोड दिनुभएको छ । संघीय जनमुक्ति पार्टी बुटवल उपमहानगरपालीका वडा नं–५ ईकाई समितिको छैठौं भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्ने क्रममा उक्त कुरामा जोड दिनुभएको हो । उहाँले बेलायतका राजकुमार ह्यारीको नेपाल भ्रमणको सन्दर्भ जोड्दै गोर्खाहरुको योगदानलाई नेपालका शासक वर्गहरुले  नामेट पारेको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो–‘ शक्ति राष्ट्र बेलायतका राजकुमार नेपालमा आएर गोर्खाहरुको योगदानलाई कदर गरीरहँदा,विश्वमा यो भूमीलाई गोर्खाको नामले पहिचान दिईरहँदा गोर्खानेपाल भित्रै भने गोर्खाली बहादुरहरुको यहाँका शासकहरुले अस्तित्व नस्वीकार्नु,बेवास्ता गर्नु दुःखको कुरा हो ।’


प्रथम तथा दोश्रो विश्व युद्धमा लाखौ गोर्खा बहादुरहरुले बलीदानी दिएपनि त्यसको लेखाजोखा सरकारले राख्न नसक्नु सरकारमा बस्नेहरुको कमजोरी रहेको पनि आरोप लगाउनु भयो । जारी संविधानको विषयमा बोल्दै उहाँले संविधानमा खस,आर्यको मात्र परिभाषा गरेर अन्य  जाति तथा समुदायलाई  विभेद गरेको बताउनु भयो । ‘१२५ भन्दा बढी जातजाति भएको बुहुजातीय मुलुकमा खस,आर्यलाई मात्र परिभाषित गरेर अन्यजातिलाई परिभाषित नगर्नु सुनियोजित रुपमा विभेद पार्ने खेल हो ।’ उहाँले भन्नुभयो । सोही अवसरमा बोल्दै पार्टीका अर्का केन्दिय सदस्य एवं भू.पू. सैनिक संगठन्का केन्दिय अध्यक्ष भिम बहादुर रानाले नेपालमा राजनैतिक नेतृत्व सही नभएकाले देशमा अस्थिरता कायम रहँदै समस्याहरु सिर्जना भएको बताउनु भयो । देशलाई खराब नेताहरुले संञ्चालन गरेकाले देशमा जनताहरुले दुःख पाउनु परेको पनि धारणा राख्नुभयो ।

 पार्टीका गलत नेतृत्वकर्ताहरुकै कारणले गर्दा जारी संविधानको कार्यान्वयन पक्ष घेरै टाधाको विषय बन्दै गएकोमा चिन्ता ब्यक्त गर्नुभयो ।  अर्का वक्ता सञ्चारकर्मी सनु थापाले अब युवाहरुले आफुमा राजनैतिक ईच्छा शक्तिको विकास र अभ्यास गरेमा मात्र अन्य आयामहरुको विकास स्वतः हुने कुरामा जोड दिनुभयो । भेलामा पार्टीका रुपन्देही क्षेत्र नं –४ का ईन्चार्ज सिएचएम।नरसिङ्ग काउचा,नेतृ नारायणी पाटामगर,सल्लाहाकार श्यामकला सर्तुङ्गे मगर लगायतले बोल्नु भएको थियो । भेला संघीय जनमुक्ति पार्टी बुउनपा वडा नं–५ का अध्यक्ष दुत बहादुर गुरुङ्गको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण सलामीको स्वागत तथा सचिव गंगा रास्कोटी मगरको सञ्चालनमा सम्पन्न भएको थियो । भेलाले वडा नं–५ मा पार्टीको आन्तरिक संगठन सुदृढ गर्ने,युवाहरुमा राजनैतीक चेतना अभियान चलाउने जस्ता महत्वपुर्ण निर्णयहरु समेत गरेको छ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %