महराको नेतृत्वमा एमाओवादी सरकारमा सहभागी हुने, महरा वरिष्ठ उपप्रधानमन्त्री एवम् सूचना तथा सञ्चार मन्त्री

Read Time:1 Minute, 20 Second

काठमाडौँ, १९ फागुन

एकीकृत नेकपा (माओवादी) ले स्थायी समिति सदस्य कृष्णबहादुर महराको नेतृत्वमा वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले सो कुराको निक्र्योल गरेको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए  ।

उनका अनुसार नेता महरा वरिष्ठ उपप्रधानमन्त्री एवम् सूचना तथा सञ्चार मन्त्रीका रूपमा सरकारमा सहभागी हुने निश्चित भएको छ ।  । यसबाहेक एमाओवादीले १० वटा मन्त्रालय लिने बताइएको छ । अन्य मन्त्रालय र मन्त्रीहरुको नाम भने आजै अपराह्न ४ बजे पुनः बस्ने स्थायी समिति बैठकले टुङ्गो लगाउने प्रवक्ता शर्माले बताए  ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुल्मी महोत्सव उद्घाटनमा जानुपर्ने भएकाले बैठक ४ बजेसम्मका लागि स्थगित गरिएको र उहाँ फर्केपछि पुनः बस्ने बताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %