सुर्य चन्द- काठमाडौँ
नया बर्ष नया सोच, युवा हरुको लागि छ प्रगतिको श्रोत भन्ने मूल नाराका साथ नेपाली नया बर्षको पूर्व सन्ध्यामा भक्तपुरमा दोस्रो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७२/७३ यहि आउदो असोज चैत २४ गते देखि बैशाख ५ गते सम्म भक्तपुरको सल्लाघारी स्तिथ तिनकुने चौरमा हुने भएको छ । लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था आधोगिक शान्ति नेपाल सस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा दोस्रो पटक दोस्रो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७२/७३ आयोजना हुन लागेको हो ।
यस बारेमा आयोजक कमिटिले एक पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो । भक्तपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र भक्तपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी यस मेलाका संयोजक दिपक थापाले दिए । साथै बिगतका बर्षमा भएका कमि कमजोरीलाइ यो पटक सुधार गर्दै दोस्रो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेलालाइ एतिहासिक बनाउने जानकारी पनि गराए ।
उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्न का समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटोमोबाइल, विभिन्न ब्रान्ड का मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र नृत्य प्रतियोगिता, सास्कृतिक प्रदर्शनी, चिडियाघर, राष्ट्रिय तथा अन्तरास्ट्रिय खाना महोत्सब, ब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिका द्वारा लोक दोहोरि गित समेत प्रस्तुत हुनेछ । मेला मा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुट को ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु २० र ३० मात्र रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ ।
दोस्रो औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७२/७३मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेला मा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकार हरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला, हास्य ब्यग प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महत ले गराए ।
साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ आव्हान पनि गरिएको हाे । यो मेला ले भक्तपुर लाइ मात्र नभएर अन्य बाह्य छिमेकि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्ने कुरा को जानकारी पनि गराए ।
