फेवा टेलिभिजनसँगको सहकार्यमा जिल्ला पशु सेवा कार्यालय कास्कीद्वारा चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम

Read Time:2 Minute, 22 Second

रूद्र श्रीसमगर
पोखरा, १४ चैत्र – फेवा टेलिभिजनसँगको सहकार्यमा जिल्ला पशु सेवा कार्यालय, कास्कीले चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आइतबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय, कास्कीका तर्फबाट कार्यालय प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा. राकेश प्रजापतिले कार्यालयका तर्फबाट हुने सेवा प्रवाहका बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा फेवा टेलिभिजनका अध्यक्ष तेजेन्द्र पौडेल, स्टेशन म्यानेजर हेमराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

सार्वजनिक सुनुवाइको सहजीकरण फेवा टेलिभिजनका टिभी रिपोर्टर प्रमुख प्रह्लादचन्द्र घिमिरेले सहजीकरण गर्नुभएको थियो भने जिल्ला पशु सेवा कार्यालय कास्कीका पशु प्राविधिक सुरेशकुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं पशुपालक किसानहरूले कार्यालयबाट भएका सेवा प्रवाहबारेको गुनासो र जिज्ञासा तथा पशु पालनका समस्या राखेका थिए ।

साथै, उनीहरूले कार्यालयको तर्फबाट हुने सेवा नगरकेन्द्रित मात्रै भएको भन्दै सेवा गाउँकेन्द्रित गर्न माग गरेका थिए । पशुपालक किसानहरूको जिज्ञासा तथा गुनासामाथि प्रष्टीकरण दिँदै वरिष्ठ पशु चिकित्सक डा. प्रजापतिले आगामी सार्वजनिक सुनुवाइ गाउँमै गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । जिल्ला पशु सेवा कार्यालय, कास्कीले आफ्नो कार्यालयबाट हुने सेवा प्रवाहका बारेमा हरेक चौमासिक रूपमा सार्वजनिक सुनुवाइ गर्दै आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %