कांग्रेस सरकारमा सहभागी भए गृह र रक्षा मन्त्रालय दिन्छौ : प्रदीप ज्ञवाली

Read Time:1 Minute, 43 Second

बुटवल, १९ फागुन
नेकपा (एमाले) केन्द्रीय प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले संविधानसभाको बाँकी तीन महिनामा संविधान लेखन र शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउने काम एमाओवादीको इमान्दारीमा भरपर्ने बताएका छन् ।

प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले शान्ति र संविधानलाई टुङ्गोमा पु¥याउन एमाले प्रतिबद्ध रहेको बताउँदै माओवादीले इमान्दारी देखाउनुपर्ने र नेपाली काँग्रेसले आशङ्का हटाउनुपर्नेसमेत बताए  ।

नयाँ संविधान लेखन र शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउने वर्तमान अवस्था अन्तिम विकल्प रहेको बताउँदै जनतामा रहेको निराशा, आक्रोशलाई बुझेर नेपाली काँग्रेस वर्तमान सरकारमा आउनुपर्ने बताए  ।

उनले नेपाली काँग्रेसलाई वर्तमान सरकारमा सहभागी गराउन छलफल भइरहेको समेत बताए । नेता ज्ञवालीले नेपाली काँग्रेस सरकारमा सहभागी भए गृहलगायतका सुरक्षासम्बन्धी मन्त्रालय दिन कुनै समस्या नभएको प्रष्ट पारे ।  

नेता ज्ञवालीले माओवादी लडाकूको अलग्गै सुरक्षादस्ता बनाउने नभई विद्यमान सुरक्षा फौजमा नै समायोजन गरिने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %