बागलुङ समाज, पोखराको रक्तदानमा ४४ युनिट रगत संकलन

Read Time:1 Minute, 23 Second

रूद्र श्रीसमगर
पोखरा, १३ चैत्र
बागलुङ समाज, पोखराको संयोजन तथा बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङ–पोखरा मगर समाज, बागलुङ पोखरा नेवाः खलः, बागलुङ–पोखरा महिला समाज र गलकोट घुम्टे विकास मञ्च–पोखराको संयुक्त आयोजनामा शनिबार भएको रक्तदानमा ४४ युनिट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रमको कार्यक्रम संयोजक एवं बागलुङ समाज, पोखराका उपाध्यक्ष कुलचन्द्र शर्माले पहिलो रक्तदाता कल्पना सापकोटालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा रक्तदाताहरूलाई बागलुङ समाज, पोखराका पूर्व अध्यक्षद्वय भीमबहादुर श्रीस र भानुभक्त कँडेलले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रम संयोजक शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका सचिव विक्रम थापाले गर्नुभएको थियो भने सह–सचिव कृष्णाकुमारी श्रीसले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %